मिलिजुली कालिञ्चोकको ११औँ सेवा केन्द्र मैनापोखरीमा
दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११औँ सेवा केन्द्र बैतेश्वर गाउँपालिका–५ को मैनापोखरी बजारमा स्थापना गरेको छ । जिल्ला सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेकोे यो संस्थाले आफ्नो ३१ औँ स्थापना दिवसको अवसरमा मैनापोखरीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
सहकारीको नयाँ सेवा केन्द्रको उद्घाटन बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले गरेका छन् । सो कार्यक्रममा अध्यक्ष लामाले जिल्लाभरका सहकारी संस्थालाई पछिल्लो समय देखिएका समस्या समाधानमा जोड दिन आग्रह गरे । उनले नाफामुखी नभई सदस्यलाई सेवा दिन सुझाव दिए । कार्यक्रममा संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठले संस्थाले वार्षिक एक अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको बताए ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा
- इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै
- केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
- ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने
- कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि
- नारायणगढ मुग्लिन सडक मर्मतपछि दुईतर्फी सञ्चालन
- प्रधानसेनापति ट्रफी सुरु
- स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया