Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषिलाई ‘फ्री जोन’ घोषणा गर्न ‘फोर एच’ नेपालको माग

कृषिलाई ‘फ्री जोन’ घोषणा गर्न ‘फोर एच’ नेपालको माग


काठमाडौं, वैशाख २१
फोर एच नेपालले कृषि क्षेत्रलाई फ्री जोन घोषणा गर्न माग गरेको छ । कोरानाले नेपालको कृषि अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेकाले तत्काल सरकारले कृषि राहत प्याकेज घोषणा गर्नुपर्नेमा फोर एच नेपालले जोड दिएको छ । फोर एच नेपालले एक विज्ञप्ति जारी गर्दै सरकारलाई नौ बुँदे सुझावसमेत दिएको छ । फोर एच नेपालले किसानलाई कोरोनाको कारण मल तथा बीउ खरिद गर्न र कृषि कार्य गर्न कठिनाइ भएकोले तत्काल किसानका लागि एकीकृत कृषि पासको व्यवस्था गर्न नेपाल सरकारसँग मागसमेत गरेको छ ।

कृषि उत्पादन घटेमा भोकमारी हुने र खाद्य संकट निम्तिने भन्दै सबै कृषिवाली तथा पुशुपञ्छी व्यवसायको शत प्रतिशत बीमा गर्न र उत्पादनलाई नेपाल सरकार आफैले खरिद गरी भण्डारण गर्न फोर एचले आग्रह गरेको छ । कोरोनाबाट किसानलाई सुरक्षित गर्न कृषि स्वास्थ्य क्लिनिकको स्थापनासँगै किसान तथा कृषि मजदुरको खेतबारी तथा कार्यस्थलमै नियमित स्वास्थ्य चेकजाँच गरिनुपर्ने उक्त विज्ञप्तिमा उल्लेख गरेको छ ।

कृषिजन्यवस्तु तथा खाद्यन्न ढुवानीमा राहतको माग गर्दै संलग्न मजुदर तथा कामदारलाई पीपीई उपलब्ध नगराएकोले कोरोनाको जोखिम बढदै गएकोमा फोर एचले चिन्ता व्यक्त गरेको छ । साथै, फोर एचले कृषि ऋणमा सहुलियत दिई ब्याज छुट दिन, बेरोजगारलाई कृषि क्षेत्रमा परिचालन गरी मजदुरलाई उचित ज्याला दिन र युवालाई कृषिमा सहभागी गराउन नयाँ आकर्षक कार्यक्रम ल्याउन फोर एचले सरकारसंग आग्रह गरेको छ ।

नेपालमा कृषिमा आधारित ग्रामीण अर्थतन्त्रभएको उचित समयमा प्रभावकारी कदम नचाले कोभिड–१९ पछि समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परी भोकमारीको ठूलो संकट निम्त्याउने फोर एचले ठहर गरेको छ । अहिले नेपालमा अन्नबाली भित्र्याउने तथा मल–बीउ राख्ने समय भएकाले सरकार यथासक्य प्रभावकारी कदम चाल्न सके यसले केही मात्रामा भए पनि कृषिमा राहत हुने फोर एचको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया