Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीद्वारा कर्मचारीको कोरोना बीमा

सहकारीद्वारा कर्मचारीको कोरोना बीमा


कञ्चनपुर, जेठ ५
विश्वभरमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९) को जोखिमपूर्ण अवस्थामा पनि कञ्चनपुरको महेन्द्रनगरमा रहेको एक सहकारी संस्थाले कर्मचारीको काम प्रतिको मनोबल बढाउनका लागि आफ्ना सबै कर्मचारीको लागि बीमा योजना ल्याएको छ । कञ्चनपुर जिल्लामा पनि कोरोना भाइरसकोक संत्रलमण र जोखिम बढेकाले कर्मचारीहरूको बीमा गरेको मेघा बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख सुनिल सेटीले बताए ।

मेघा बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको समयावधिमा पनि सदस्यहरूलाई घरदैलो सेवा दिइरहेको तथा यो अवधिमा कार्यरत सम्पूर्ण कर्मचारीहरूमा कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सबै कर्मचमरीहरूको बीमा गरिएको संस्थाका कार्यकारी प्रमुख सेटीले बताए । कोरोना भाइरसको बीमा गर्दा बीमितले पीसीआर रिपोर्टको आधारमा रिपोर्ट पोजेटिभ देखिएमा एक लाख रूपैयाँ पाउनेछन् यसका लागि अस्पतालको रिपोर्ट भने आवश्यक नपर्ने प्रमुख सेटीले बताए । समूहगतरूपमा संस्थाका ३० जना कर्मचारीको बीमा गरिएको सहकारीले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया