Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिमकै बालीमा अमेरिकन फौजी कीरा देखिएपछि कृषक चिन्तित

मकै बालीमा अमेरिकन फौजी कीरा देखिएपछि कृषक चिन्तित


महेन्द्र शाही
सोलुखुम्बु, जेठ ८
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप बढेको छ । नेचासल्यान गाउँपालिकाको बेशीगाउँ, भदौरे, लखने, टारी, पोखरे, पहेले, गहते, खाल्डे, सिम्ले क्षेत्रमा फौजी कीराको प्रकोप देखिएको हो । कीराको प्रकोप देखिन थालेपछि किसान चिन्तित बनेका छन् । कीराले मकैबालीमा क्षति पु-याएकाले भोकमरिको अवस्था आउन सक्ने किसानहरूको भनाइ छ ।

फौजी कीराले खाएको मकैको पात ऐनाजस्तो देखिने, छिद्राछिद्रा परेको, गुबो, डाँठ र फेदसम्म नै सखाप पार्ने गरेको स्थानीय कृषक मोहोन बास्तोलाले बताए । मैकैको बिरुवामा लार्भा र फुल हुने भएकाले नष्ट गरेको मकै घरपालुवा पशुलाई घाँसको रूपमा समेत प्रयोग गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकालाई खाद्यान्नको भण्डारणका रूपमा हेरिने गरिएको छ । जिल्लाको सबैभन्दा होचो ठाउँ समेत रहेको यस क्षेत्रमा फौजी कीराको प्रकोप फैलिएकाले किसानको चिन्ता बढेको छ । यसले समग्र जिल्लाको खाद्यान्न उत्पादनमा असर गर्ने देखिन्छ ।

यो प्रकोपलाई सयमयमा नियन्त्रण गर्न नसकेको खण्डमा अर्को वर्षका लागि बीउको समेत अभाव हुने देखिएको अर्का किसान डन्डीकेशर कट्टेलले बताए । यो प्रकोपलाई समयमानै नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । कीराको प्रकोपले किसानको मेहनत खेर जाने र भोकमरीको सिर्जना हुने देखिएको स्थानीयको भनाइ छ । यसलाई नियन्त्रण गर्नका लागि तितेपाती, गाईवस्तुको मल मुत्र मिसाएर छर्केमा नियन्त्रण गर्न सकिने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख लक्ष्मण दासले जानकारी दिए । यसको नियन्त्रणका लागि आफूहरू प्राविधिक टोल िखटाउने तयारीमा रहेको उनले बताए । किसानको क्षतिलाई कम गर्नका लागि आपूmहरू लागि परेको उनको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया