Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिप्रिय बचत तथा ऋण सहकारीका सञ्चालक दास पक्राउ

प्रिय बचत तथा ऋण सहकारीका सञ्चालक दास पक्राउ


सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको प्रिय बचत तथा ऋण सहकारी संस्थाका एक जना संस्थापक सदस्य पक्राउ परेका छन् । संस्थाका अध्यक्ष र प्रबन्धकले बचतकर्ताको बचत रकम लिएर फरार भएपछि प्रहरीले एक जना संस्थापक सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

लालबन्दी नगरपालिका–७ मा रहेको संस्थाका अध्यक्ष झगरुप्रसाद दास र प्रबन्धक रवीना रायमाझी गत पुस १६ गतेदेखि संस्था बन्द गरेर फरार छन् । आफूहरूको बचत रकमसहित दास र रायमाझी फरार भएपछि बचतकर्ताले इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा अनुसन्धान गर्दैजाँदा प्रहरीले स्थापनाकालमा संस्थाको सञ्चालक समितिको सदस्य रहेका कौडेना गाउँपालिका–३ घर भई हाल लालबन्दी नगरपालिका–५ मा बस्ने ३७ वर्षीया सुनितादेवी दासलाई नियन्त्रणमा लिएको हो । सुनिता फरार रहेका संस्थाका अध्यक्ष झगरुकी श्रीमती हुन् । उजुरी परेकामध्ये संस्थाका अध्यक्ष दास, प्रबन्धक रायमाझी र रायमाझीका श्रीमान् बुद्धिमान उप्रेती फरार छन् ।

प्रहरीले सञ्चालक समितिका पदाधिकारी को–को हुन भन्ने खुलिनसकेको बताएको छ । हरिपुर र हरिवनमा समेत कर्मचारी राखेर बचत सङ्कलन गर्ने गरेको यस संस्थामा बचतकर्ताको कति रकम थियो भन्ने खुल्न सकेको छैन । साथै, संस्थाको सञ्चालक समितिका पदाधिकारी, हरहिसाब, वार्षिक साधारणसभा गरे–नगरेको केही खुल्न नसकेको प्रहरीले जनाएको छ । सहकारीका एक कर्मचारीका अनुसार संस्थामा बचतकर्ताको करिब चार करोड रुपैयाँ बचत छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया