Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिहावाहुरीले मकै बालीमा क्षति

हावाहुरीले मकै बालीमा क्षति


महेन्द्र शाही
सोलुखुम्ब, जेठ १५
निरन्तरको वर्षापछि आएको हावाहुरीले मकैको बोट नष्ट गरेपछि सोलुखुम्बुका कृषक चिन्तित बनेका छन् । पाक्न लागेको मकैको बोट हावाहुरीसहितको पानी ढालेर सोत्तर बनाए पनि कृषक चिन्तित बनेका हुन् । मंगलबार दिउसोदेखि नै ठूलो हावाहुरी चलेको थियो । जिल्लाको विभिन्न क्षेत्रमा यसले ठूलो क्षेति पु-याएको बताइएको छ । जसले गर्दा उत्पादनमा गिरावट आउने किसानको भनाइ छ ।

हावाहुरीले जिल्लाको केरुङ, तामाखानी, गोराखानी, भित्ताखर्क, नेले, गार्मा, तिङ्ला, सोताङको नाम्लुङ, गोरा, टाप्टिङ, लिखुपिकेसहित खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालीका र लिङचुङबुङ गाउँपालीका क्षेत्रमा लगाइएको मकै बालीमा क्षति पुगेको स्थानीयले बताएका छन् । वर्षभरि खान पुग्ने गरी लगाएको मकैमा प्राकृतिक विपत्तिको चपेटामा परेपछि कृषकहरू निराश बनेका तामाखानीका कृषक मनिश रेग्मी मगरले बताए । हावाहुरी र वर्षाले कृषकलाई ठूलो क्षति पु-याएको अर्का कृषक अम्बरबहादुर विश्वकर्माले जानकारी दिए । अघिल्लो वर्ष पनि हावाहुरीले मकै बालीमा क्षेति पु-याएको थियो ।

जिल्लाको माथिल्लो क्षेत्रका कृषकहरूको मुख्य बालीको रूपमा रहेको मकै सोत्तर बनेर चौपायालाई खुवाउनुपरेपछि उनीहरूलाई वर्षभरि खाने अन्नको चिन्ता परेको छ । हावाको बेगका कारण अधिकांश मकैको बोट ढलेर चौर जस्तै बनेको छ । हावाहुरीले कति क्षेत्रफलमा लगाएको मकैमा क्षति पुग्यो भन्ने विषय एकिन तथ्याङ्क आउन नसकेको कृति ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । क्षति पूर्ण विवरण कहीँ दिन आउने ज्ञानकेन्द्रले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया