Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिराष्ट्रिय सहकारी महासंघद्वारा कोरोना रोकथाम कोषमा रकम सहयोग

राष्ट्रिय सहकारी महासंघद्वारा कोरोना रोकथाम कोषमा रकम सहयोग


काठमाडौं, जेठ २५
राष्ट्रिय सहकारी महासंघले कोरोना रोकथाम कोषमा रकम सहयोग गरेको छ । महासंघले सहकारी अभियानको तर्फबाट नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २७ लाख एक हजार सात सय ६४ रूपैयाँ सहयोग गरेको हो ।

महासंघका अध्यक्ष मिनराज कँडेलले निवर्तमान अध्यक्ष केशव वडाल समेतको उपस्थितिमा उपप्रधान तथा रक्षा मन्त्री तथा कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक इश्वर पोखरेललाई चेक हस्तान्तरण गरेका हुन् । यसरी महासंघको नेतृत्वमा मात्रै कोभिड १९ को महामारीविरुद्ध लड्नका लागि संघिय कोष र कोरोना नियन्त्रण सहकारी केन्द्रमा गरी ५२ लाख बढी सहयोग उपलब्ध भएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले सहकारी क्षेत्रले तल्लो तहदेखि नै उल्लेखनीय ढंगले सहयोग गर्दै आएकोमा धन्यवाद दिँदै सहकारी अभियानले विभिन्न माध्यमबाट कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण कार्यका लागि गरेको विवरण समेत उपलब्ध गराउन आग्रह गरे । सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले समेत कोभिड १९ को महामारीका समयमा सहकारी अभियानले सहयोग गरेकोमा धन्यवाद दिए ।

त्यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी अभियानले विपदको समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गरेका थिए । महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानले हालसम्म १० करोड बढी सहयोग गरिसकेको बताएका थिए । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल र महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको उपस्थिति थियो ।

संघीय सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउन राष्ट्रिय सहकारी महासंघ र झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ५/५ लाख रूपैयाँ प्रदान गरेका थिए ।

त्यसैगरी झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले दुई लाख, राष्ट्रिय सहकारी महासंघका कर्मचारी परिवारले एक लाख ११ हजार नौ सय ३७ रूपैयाँ, नवलपरासीको किसान कल्याण साकोसले एक लाख तीन हजार, झापाको मेची सहकारी संस्थाले एक लाख एक हजार एक सय ११, काभ्रेको विन्धबासिनी साकोसले एक लाख एक हजार एक सय ११, झापा र कास्कीका जिल्ला सहकारी संघहरूले जनही एक लाख एक हजार प्रदान गरेका थिए । कैलालीको नवजीवन सहकारी संस्थाले एक लाख एक हजार प्रदान गरेको छ ।

त्यसैगरी, राष्ट्रिय सहकारी महासंघको सञ्चालक समितिले ६९ हजार, काभ्रेको सामुदायिक साकोसले ६१ हजार, काठमाडौँको कुमारी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभले ५५ हजार पाँच सय ५५ सहयोग गरेका छन् । मोरङको जिल्ला सहकारी संघले ५२ हजार पाँच सय, झापाको हाम्रो नेपाल साकोस र कन्चनजंघा बहुउद्देश्यीय सहकारी र दोलखाको मिलिजुली कालिन्चोक साकोसले समान अंकमा ५१ हजार प्रदान गरे । काठमाडौँको सुयोग्य साकोसले ५० हजार पाँच सय ५५, धादिङको जनकल्याण साकोस र काठमाडौँको मनिप्लान्ट साकोसले समान अंकमा ५० हजार प्रदान गरे ।

ललितपुरको मनास्लु बहुउद्देश्यीय सहकारी संस्थाले ४० हजार, काठमाडौँको मेगा ड्रिम साकोसले २७ हजार सात सय ७७ रूपैयाँ, दोलखाको जिल्ला बचत तथा ऋण सहकारी संघले २५ हजार एक सय पाँच रूपैयाँ, जिल्ला सहकारी संघ लि दोलखाले २५ हजार प्रदान गरे भने बाराको साना किसान कृषि सहकारी संस्थाले २५ हजार, भक्तपुरको सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्थाले २० हजार, ललितपुरको माता विन्ध्याबासिनी साकोसले ११ हजार एक सय ११ र पर्साको जिल्ला बचत तथा ऋण सहकारी संघले ११ हजार रूपैयाँ संघीय कोषमा जाने गरी सहयोग गरेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताए ।

साथै, गत २०७६ चैत २० गते सहकारी अभियानकोतर्फबाट मनमोहन मेमोरियल अस्पतालमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गर्नका लागि महासंघले १० लाख, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)ले पाँच लाख, नेपाल कृषि सहकारी केन्द्रीय संघले पाँच लाख गरेको थियो ।

त्यसैगरी सो केन्द्रका लागि चन्द्रागिरी सोकोस काठमाडौँले ५० हजार, शुभलक्ष्मी सहकारी संसथाले झापाले ५२ हजार पाँच सय, हाम्रो सगरमाथा बहुउद्देश्यी सहकारी संस्थाले ५५ हजार पाँच सय ५५, मेगा ड्रिम साकोसले २७ हजार सात सय ७८, रिलायवल बचत तथा ऋण सहकारी संस्था, शंखमुललले २५ हजार पाँच सय, अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाले २० हजार एक सय ११, ललितपुरको उद्धार साकोसले २० हजार रूपैयाँ प्रदान गरेको छ । यसैगरी सहकारी संघ÷संस्थाबाट केन्द्रका लागि पाँच लाख उपलब्ध गराइएको थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया