Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिनेपालगञ्जमा तरकारी बजार निर्माण सुरु

नेपालगञ्जमा तरकारी बजार निर्माण सुरु


बाँके, जेठ २७
बाँकेको नेपालगञ्जमा ३० लाखबढी लागतमा तरकारी बजार निर्माण थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १८ कारकाँदोमा वडा कार्यालयले नयाँ तरकारी बजार बनाउन लागेको हो । ‘यो कोरोना महामारीले सिकायो, आफ्ना उब्जनीका लागि व्यवस्थित बजार चाहिने रहेछ’, नेपालगञ्ज १८ को कारकादोमा तरकारी बजार निर्माणस्थल शिलन्यास गर्दै वडाध्यक्ष दीपककुमार बर्माले भने, ‘यो त्यही सिकाइको प्रतिफल हो ।’

३० लाखबढी लागत अनुमानका साथ सुरु भएको आधुनिक तरकारी बजारका लागि जग्गा विवाद भएपछि क्षेत्रफल घटेकाले निर्माण लगानीमा बजेट फेरि डिजाइन गर्न लागिएको छ । नेपालगञ्ज १८ का वडाध्यक्ष बर्माले साबिकको नेपाल खाद्य संस्थान र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बीचमा रहेको ऐलानीपर्ती जग्गामा वडाले तरकारी बजारको योजना अघि सारेपछि विवाद सिर्जना गरिएको थियो । तर, नापीपछि बाँके जिल्ला प्रशासन कार्यालयको समन्वयात्मक भूमिकामा काम अगाडी बढाइएको हो । ‘योजनाअनुसारको बजेटमा निर्माण गर्न जग्गा क्षेत्रफल घट्यो’, एउटा कित्तामा मात्र निर्माण थालिएकाले बजेटको पुनः रूपरेखा तयार गरिने जानकारी दिँदै वडाध्यक्ष बर्माले भने, ‘नेपालगञ्जमा तरकारी बजारको अभावलाई यसले केही हदसम्म भए पनि कम गर्छ ।’

नेपालगञ्जको रानीतलाउपछि बीपी चोक मात्र तरकारी बजारको अस्थायी केन्द्र हुन् । तर, नेपालगञ्ज १८ ले निर्माण गर्न लागेको संरचना सरकारी जग्गामा बनिरहेकाले स्थायी प्रकृतिको हुने वडाध्यक्ष बर्माको भनाइ छ । वीपी चोकदेखि राँझासम्मका जनताका लागि निकै पायक पर्नेगरी केन्द्रभागमा यो तरकारी बजारको परिकल्पना गरिएको वडाध्यक्ष बर्माले जानकारी दिए । तमाम चुनौतीबीच पनि समयमै काम सक्नेगरी निर्माण कार्य अगाडि बढाइएको उनको भनाइ छ । अध्यक्ष बर्माले खासगरी स्थानीय उत्पादनको बजारीकरणलाई प्रोत्साहनको नीति लिइने तरकारी बजारमा व्यवस्थित र सहुलियतको सहजीकरण पनि गरिने बताए । नेपालगञ्ज १८ वडा कार्यालयले लकडाउनका तमाम चुनौतीबीच पनि विकास निर्माणका कामलाई प्राथमिकता साथ अगाडि बढाइएको जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया