Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबचतकर्ताको विवरण जलाउन आइडियल यमुना सहकारीमा रहस्यमय आगजनी

बचतकर्ताको विवरण जलाउन आइडियल यमुना सहकारीमा रहस्यमय आगजनी


काठमाडौं । महिनौँदेखि बिजुलीको महसुल नतिरेर लाइन काटिएको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको कुपण्डोलमा रहेको केन्द्रीय कार्यालयमा बिहीबार रहस्यमयरूपमा आगलागी भएको भएको छ । पाँचवटा सहकारी संस्था मर्ज भएर बनेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय कुपण्डोलमा राखिएको थियो ।

चारवटा सहकारी संस्थालाई हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका अध्यक्ष केवी उप्रेतीले झुटो विवरण देखाएर मर्ज गरेका थिए र अहिले उनीहरू डिमर्जको प्रक्रियामा गएपछि उप्रेती आफैँ अध्यक्ष रहेको संस्थाको बिजुलीको लाइन समेत काटिएको कार्यालयमा रहस्यम ढंगले आगजनी भएको हो । उप्रेती अध्यक्ष रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरूको झण्डै १० अर्ब रुपैयाँ बचत फिर्ता नगरेको बताइएको छ । राष्ट्रिय सहकारी बैंकको समेत अध्यक्ष रहेका उप्रेतीले अन्य सहकारीलाई बैंक कर्जा दिँदा समेत घोटाला गरेको आरोप लाग्नेगरेको छ ।

भवनको चोथो तलामा रहेको सहकारीको कार्यालय केही समय बन्द रहेको थियो । विजुलीको लाइन समेत काटिएको टाट उल्टेको उक्त सहकारीको कार्यालयमा मर्ज भएका पाँचवटै सहकारीका बचतकर्ताहरूले बचत गरेको रकमकलमको विवरणका कागजपत्र जलाएर रकम पचाउन आगजनी गरिएको हुनसक्ने आंशका गरिएको छ । संस्थाका अध्यक्ष उप्रेती स्वास्थ्य बिग्रिएको बहाना बनाएर लामो समय विदेश बसेर केही समयअघि स्वदेश फर्किएका थिए र उनी फर्किएपछि यस्तो वितण्डा मच्चिएको हो ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x