Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबनेपामा शीत भण्डार निर्माण अलपत्र

बनेपामा शीत भण्डार निर्माण अलपत्र


काभ्रेपलाञ्चोक । बनेपामा निर्माण गर्ने भनिएको तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार पाँच वर्षदेखि अलपत्र परेको छ । बनेपा नगरपालिका–७ स्थित साझेदार संस्था कृषि बजार मल्टिपर्पाेजले निर्माणस्थल उपलब्ध गराउन नसक्दा निर्माण प्रक्रिया रोकिएको हो ।

बाग्मती प्रदेश सरकारद्वारा एक वर्षभित्र सम्पन्न गर्ने गरी विसं २०७६ असारदेखि तीन चरणमा नौ जिल्लाका १२ स्थानीय तहमा शीतभण्डार निर्माणको ठेक्का लगाएको थियो । बनेपामा पहिलो चरणमै ठेक्का लागेको थियो । तीन करोड ६४ लाख ५६ हजार आठ सय ३६ रुपैयाँ लागतमा ईजी इन्फ्रा प्रालिसँग ठेक्का सम्झौतासमेत भइसकेको छ । साझेदार संस्था कृषि बजार मल्टिपर्पाेजका सञ्चालक छ महिनादेखि सम्पर्कविहीन भएपछि काम अलपत्र परेको हो । मौसमी तरकारी र फलफूल खेर फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले स्थानीय तह, स्थानीय सहकारी र निजी क्षेत्रको साझेदारीमा शीतभण्डार निर्माणको योजना बनाएको थियो । प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले निर्माण सुरु हुन नसकेका तथा निर्माण रोकिएका शीतभण्डारका विषयमा आवश्यक छानबिन भइरहेको जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न भइसकेका शीतभण्डार सञ्चालनमा ल्याउन कार्यविधि तयार भइसकेको छ ।

बाग्मती प्रदेश सरकारले आव २०७५÷७६ को बजेट वक्तव्यमार्फत ‘एक जिल्ला–एक शीतभण्डार’ अवधारणा ल्याएको थियो । मन्त्रालयका अनुसार साझेदार संस्थासँगको सहकार्यमा एक वर्षभित्र निर्माण सक्ने गरी प्रदेशको जिल्लामा पहिलो चरणमा आठ, दोस्रो चरणमा दुई र तेस्रो चरणमा दुई शीतभण्डार निर्माणका लागि ठेक्का लगाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x