Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदूधको रकम भुक्तानी माग्दै किसान आन्दोलनमा

दूधको रकम भुक्तानी माग्दै किसान आन्दोलनमा


काठमाडौं । किसानहरूले दूधको रकम भुक्तानी नपाएपछि आन्दोलनमा उत्रेका छन् । आफूले बेचेको दूधको मूल्य पाउनुपर्ने माग गर्दै किसानहरू बुधबार दुग्ध विकास संस्थान लैनचौर अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

केन्द्रीय दुग्ध सहकारी सङ्घको नेतृत्वमा किसानहरू दूधको रकम माग गर्दै विरोधमा उत्रेका छन् । दूधको भुक्तानी रकम माग गर्दै संस्थान पुगेका ४० भन्दा बढी किसानलाई प्रहरीले पक्राउ गरेको थियो । सङ्घका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुग्ध विकास संस्थानले किसानको सात महिनाको दूधको रकम भुक्तानी गर्न बाँकी रहेको बताए । उनका अनुसार देशभरका किसानले दूध बिक्रिबापत् झण्डै सात अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ । दुग्ध विकास संस्थानबाट मात्र दुई अर्ब ५० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उनले जानकारी दिए ।

संस्थानका निमित्त महाप्रबन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले दूधबाट बनेका परिकार बिक्री नभएका कारण किसानको रकम भुक्तानी गर्न समस्या भएको बताए । किसानको रकम चाँडो भुक्तानी गर्न निर्यातको सम्भावित क्षेत्र खोज्न थालेको उनले जानकारी दिए । दुई महिनाभित्र किसानको समस्या समाधान हुने उनको दाबी छ । किसान र सरोकारवाला निकायबीच पटक–पटक भएको छलफलको सहमतिअनुसार किसानले रकम भुक्तानी पाउन सकेका छैनन् । किसान र सरोकारवाला निकायबीच २०८० मंसिर २६ गते र फागुन १९ गते भएको सम्झौताअनुसार पौष मसान्तसम्मको बक्यौता रकम चैत्र २१ गतेसम्म भुक्तानी गरिसक्नु पर्ने थियो । तर सो सम्झौता कार्यान्वयन हुन नसकेको किसानहरूको गुनासो छ ।

दुग्ध व्यवसायीले भने आफ्नो सामान बिक्री नहुँदा किसानलाई दुधको रकम भुक्तानी गर्न नसकेको बताएका छन् । सरकारी मातहतमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि मख्खन र पाउडर दूध बजारमा खपत हुन नसकेर किसानको रकम भुक्तानी गर्न सकेको जनाएको छ । डीडीसीसँग ११ सय मेट्रिक टन धुलो दूध र ९ सय मेट्रिक टन मख्खन मौज्दात छ । धुलो दूध र मख्खन करिब करिब एक अर्ब ५० करोड रुपैयाँको सामान मौज्दात रहेको डीडीसीले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x