Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारी ठगी प्रकरणका मुख्य आरोपीलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ: गृहमन्त्री लामिछाने

सहकारी ठगी प्रकरणका मुख्य आरोपीलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ: गृहमन्त्री लामिछाने


चितवन । चितवनको भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् ।

गृहमन्त्री लामिछानेले मलेसियामा राई बसेको ठाउँ पत्ता लागिसकेको जनाउदै आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए ।

प्रहरी महानिरीक्षक फेर्ने कुरामा सत्यता नभएको भन्दै गृहमन्त्री लामिछानेले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब भएको उल्लेख गरे ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x