बाख्रापालक कृषकलाई बोयर जातका उन्नत बोका वितरण
इटहरी, मंसिर २६
इटहरी उपमहानगरले वाख्रा पालक कृषकलाई बोयर जातका उन्नत बोका वितरण गरेको छ । नगरप्रमुख द्वारिकलाल चौधरीले एक कार्यक्रमका बीच नेपालमै उन्नत मानिने बोयर जातका १४ वटा बोका वितरण गरेका हुन् । करिब १० लाखको लागतमा चितवनबाट ल्याएर बोका वितरण गरिएको हो । प्रतिबोका ५० हजार उपमहानगरको अनुदान र थप रकम कृषकको लगानी रहेको इटहरी उपमहानगर पशुपक्षी विकास शाखा प्रमुख दुर्गा बहादुर श्रेष्ठले बताए । कृषकहरुलाई बोका वितरण कार्यक्रममा नगरप्रमुख द्वारिकलाल चौधरीले इटहरीलाई कृषिमा आत्मनिर्भर बनाउने सोचअनुरुप मासुमा आत्मनिर्भर बनाउन उन्नत जातका बोका वितरण गरिएको बताए ।
उनले कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणका लागि नगरपालिका लागिपरेको बताए । वडा नम्बर १७ का अध्यक्ष भगवान लाल साहुले अब धान र गहुँ खेती गरेर मात्र नहुने कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । इटहरी बोयर बाख्रापालन समूहका अध्यक्ष राजु बस्नेतले स्थानीय सरकारले कृषकलाई उन्नत जातका बोका वितरण गरेर प्रशंसनीय कार्य गरेको बताए । सबैभन्दा नजिकको सरकारले यसरी कृषकलाई प्रोत्साहन गरेमा विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया