शंखर पहाडी
सर्लाही, असार १५
जिल्लाका किसानले आलुको उचित मूल्य नपाएको गुनासो गरेका छन् । खुला सिमाना हुँदै भारतीय आलु बजारमा भित्रिएपछि आफूहरूले आलुको उचित मूल्य नपाएको हजरियाका किसान मुकेश महतोले बताए । ‘भारतीय आलुका कारण यो वर्ष पनि लागत मूल्य उठाउन मुस्किल परेको छ’, उनले भने । अहिले रातो आलु २८ रूपैयाँ र सेतो प्रतिकेजी २४ रूपैयाँमा बिक्री भइरहेको छ ।
तीन वर्षदेखि लगातार घटेको आलुको मूल्य यस वर्ष पनि बढ्न नसकेपछि यसको विकल्प खोज्न थालेका छन् । स्थानीयवासी शिवजी महतो भने, ‘पहिले आलु खेतीबाट राम्रै फाइदा हुन्थ्यो, अब त लगानी उठाउन मुस्किल पर्न थालेको छ, गत वर्ष पनि आलु खेतीबाट ६० हजार नोक्सान भयो, अब ऋण तिर्न नसकिने भयो ।’ पाँच वर्षपहिले प्रतिकेजी ३७ रूपैयाँमा बिक्री भएको आलु अहिले २५ रूपैयाँदेखि ३० रूपैयाँमा बेच्नुपरेको किसान रोहन महतोले गुनासो गरे । सबैभन्दा बढी आलु उत्पादन जिल्लाको हजरिया, राजघाट, शंकरपुर, सुन्दरपुर र बरहथवा क्षेत्रमा हुने गरेको छ ।
बजार मूल्य राम्रो नभपछि जिल्लाका किसानहरूले खेतबारीमा नै आलु थुप्रो लगाएर राखेको कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले बताए । लामो समयसम्म आलु जमीनमा राख्न नमिल्ने भए पनि जिल्लामा शीतभण्डारणको व्यवस्था नहुँदा किसानहरू थप मारमा परेका हुन् । जिल्लामा शीतभण्डारका लागि पटक–पटक कुरा उठे पनि अहिलेसम्म कुनै काम नभएको स्थानीयवासीले बताएका छन् । राम्रो माटो भएको जग्गामा प्रतिकट्ठा १० क्वीन्टलसम्म आलु उत्पादन हुने गरेको किसानहरूले बताएका छन् ।
लकडाउनको समयमा पनि नेपाली बजारमा भारतीय आलु आउँदा आफूहरू अचम्मित भएको जिल्लाका किसानहरूले बताएका छन् । अहिले जिल्लाका अधिकांश बजारहरूमा आयातित आलु, प्याज तथा कागतीको समेत बिगबिगी रहेको छ । खुल्ला सिमाना रहेको जिल्लाका बजारहरूमा भारतीय बजारका तरकारीहरू तथा फलफूलहरू परीक्षणबिना नै भित्रने गरेका छन् । आवतजावतसमेत रोक लगाइएको भए पनि भारतीय तरकारी तथा फलफूलहरू परीक्षणबिना नै बजारमा आउने गरेका छन् । कागती, आलु, प्याज, खुर्सानीलगायत तरकारीहरू र स्याउलगायत अन्य फलफूलहरू यतिबेला बिनापरीक्षण बिनारोकटोक नेपाली बजारमा आउने गरेको पाइएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
- सिटिजन लाइफद्वारा जेन जेड लक्षित कार्यक्रम सञ्चालन
- सय दिनको रोजगारीको लागि १५ हजार बढीको आवेदन
- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया