बट्टार सहकारीको वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नुवाकोटको मुटु बट्टारमा रहेको बट्टार सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको २८औँ वार्षिक उत्सव मनाएको छ । सहकारीले आफ्ना सम्पूर्ण सदस्यहरू, नियमन निकाय एवं कार्यरत कर्मचारी, शुभचिन्तक सहकारीकर्मीमा २८औँ स्थापना दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै अझै गुणस्तरीय सेवा सुविधा प्रदान गर्दै सदस्यको हितलाई नै सर्वोपरी ठानेको र आउने दिनमा सदस्यको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा अझै वृद्धि गर्न संस्था लागिपरिरहने जानकारी दिएको छ ।
त्यस्तै, संस्थाले आफ्नो २८ वार्षिक उत्सवको उपलक्ष्यमा जनता फर्मास्युटिकल्स प्रालि काठमाडौंको प्राविधिक सहयोगमा बिदुर ४ बट्टार नुवाकोटमा रहेको आफ्नै भवनमा मुटुरोग विशेषज्ञ (कार्डियोलोजिस्ट) र उनको टिमबाट आफ्ना सदस्यलाई मुटु प्रेसर सुगरसम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविरसहित निःशुल्क औषधि वितरण समेत गरेको छ । संस्थाका अध्यक्ष टलक मान श्रेष्ठले यस्ता चेकजाँचले सदस्यले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पूर्वजानकारी पाउने भएकाले केही समस्या भएको भए तुरुन्तै थप सतर्कता र उपचारमा सहजता हुने जानकारी गराए भने यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिँदै जाने समेत सो संस्थाका व्यवस्थापक हरिप्रसाद जोशीले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया