Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिआइडियल यमुना सहकारीद्वारा राहत वितरण

आइडियल यमुना सहकारीद्वारा राहत वितरण


काठमाडौं, असार २५
आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले अति विपन्न र अशक्त परिवारलाई राहत वितरण गरेको छ । जिल्ला सहकारी संघ काठमाडौंको संयोजनमा बुढानिलकण्ठ नगरपालिकामा बसोबास गर्ने २० घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको हो । बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर ४, ५ र ६ मा बासोबास गर्ने अति विपन्न र अशक्तहरूलाई प्रतिपरिवार एक बोरा चामल, पाँच केजी दाल, दुई लिटर तेल, पाँच प्याकेट नुनलगायतको खाद्यान्न वितरण गरिएको संस्थाका अध्यक्ष क्वायङ लामाले बताए । कोरोना भाइरसका कारण समस्यामा परेका दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई संस्थाले खाद्यान्न सहयोग गरेको हो ।

संस्थाले कोरोना भाइरसबाट सुरक्षित रहन आफ्ना सदस्य तथा समुदायमा मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि वितरण गरेको थियो । सो अवसरमा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीले सामाजिक उत्तरदायित्वअर्न्तगत अति समस्यामा परेका परिवारलाई सहयोग गर्दै आएको बताए । जिल्ला संघको समन्वयमा आइडियल यमुना सहकारीसहित अन्य सहकारीले पनि कोभिडका कारण समस्यामा परेका व्यक्ति तथा परिवारलाई राहत दिइरहेको उनले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया