Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिनिरन्तरको वर्षाले किबीका बिरुवा कुहिए

निरन्तरको वर्षाले किबीका बिरुवा कुहिए


महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बुको बागवानी केन्द्र फाप्लुले उत्पादन गरेको किबीको बेर्ना कुहिन थालेको छ । यस वर्ष अत्यधिक पानी पर्दा नर्सरीबाट बाहिर निकालिएको बेर्ना मर्न थालेकोे केन्द्रका निमित्त प्रमुख उपेन्द्र ठाकुरले जानकारी दिए । अघिल्लो वर्षको भन्दा यो वर्ष पानी बढी परेकाले बेर्नामा क्षति पुगेको उनको भनाइ छ ।

बागवानी केन्द्रले यो वर्ष उत्पादन गरेको करिब २५ हजार बेर्नामध्ये करिब १० प्रतिशतभन्दा बढी बर्नाको जरा कुहिएर मरेको केन्द्रले जनाएको छ । किबीको बेर्नाका लागि घाम र पानी उत्तिकै आश्यक भए पनि यो वर्ष निरन्तर झरी पर्दा बेर्ना फस्टाउन नसकेको निमित्त प्रमुख ठाकुरको भनाइ छ । पानी नपर्नुपर्ने बेलामा पनि पानी परिरहेकाले बेर्ना बिग्रेको बताइएको छ ।

जिल्लाभित्र तथा बाहिरबाट बिरुवाको अत्यधिक माग भएकाले माग धान्न समस्या हुनेगरेको केन्द्रको भनाइ छ । उत्पादन गरिएको बिरुवाले समेत माग धान्न नसक्ने अवस्थामा बेर्ना कुहिएपछि थप समस्या भएको ठाकुरले बताए । पछिल्लो समय किबी खेतीप्रति किसानको आर्कषण बढेकाले कृषकबाट बिरुवाको माग अत्यधिक आउने गरेको छ । अघिल्लो वर्षमा समेत माग धान्न नसकेको केन्द्रले यो वर्ष भने अघिल्लो वर्षको भन्दा बढी उत्पादन गर्दा सहज हुने अनुमान गरिएकोमा अहिले बेर्ना कुहिँदा अवस्था अघिल्लो वर्षको जस्तै हुने देखिएको बागबानि केन्द्रका सचना अधिकारी चन्द्र फडेराले जानकारी दिए ।

जिल्लाभित्र तथा बाहिरबाट बिरुवाको माग बढेसँगै अघिल्लो वर्षबाट बागवानी केन्द्रले आफैँ बेर्ना उत्पादन सुरु गरेको थियो । तर बेर्ना उत्पादनका लागि रुट उत्पादन नहुँदा किसानको मागको आधा बिरुवा उपलब्ध गराउन नसकेको केन्द्रले जनाएको छ । जसल गर्दा यो वर्ष पनि जिल्ला बाहिरबाट बिरुवा खरिद गरेर वितरण गर्नुपर्ने अवस्था सृजना हुने देखिएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया