Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको बिक्री शुभारम्भ

सहकारीद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको बिक्री शुभारम्भ


भक्तपुर ।
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्र कमलविनायक, भक्तपुर न.पा. १० को मातहतमा सञ्चालन हुने गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको बिक्री शुभारम्भ सोमबार गरिएको छ । उक्त मार्टमा दैनिक उपभोग्यलगायत अन्य आवश्यक सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध छन् । यो मार्ट उक्त सहकारीले सञ्चालन गरेको दोस्रो मार्ट हो ।

यसअघि सदस्य सेवा केन्द्र डडेल्धुराबाट पहिलो गार्डेन मार्ट सञ्चालनमा ल्याएको थियो । यस संस्थाले २०७७ सालभरमा उपत्यकामा ५० वटा र नेपालभर दुई सयवटा सञ्चालन गर्ने तयारी गरिरहेको छ । यसबाट स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै सहकारी संस्थाका सदस्यलगायत उक्त क्षेत्रका आम उपभोक्तालाई एउटै छातामुनिबाट उपभोग्य सामग्रीको प्राप्ति सुपथ मूल्यमा हुने भएकोले समय र पैसाको बचत हुने शिव शिखर बहउद्देश्यीय सहकारी संस्था लि.का मुख्य प्रबन्धक लिलानाथ गौतमले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया