Techie IT
×
गृहपृष्ठसहकारी–कृषिसहकारीका लागि गुरुको एकीकृत कोर बैंकिङ सिस्टम

सहकारीका लागि गुरुको एकीकृत कोर बैंकिङ सिस्टम


काठमाडौं ।
युवा सूचना प्रविधि व्यवसायीहरूद्वारा सञ्चालित एवं प्रवद्र्धित गुरु इन्फोसिस प्रालिले सहकारी संस्थाहरूका लागि बहुउपयोगी एकीकृत गुरु कोर बैंकङ सिस्टम बजारमा ल्याएको छ । यो सिस्टमभित्र एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम बैंकिङ, मिस्ड कल बैंकिङ, ट्याबलेट बैंकिङ, एबीबीएसजस्ता अत्यधुनिक सेवा–सुविधा रहेको गुरु इन्फोसिसले जनाएको छ । गुरु कोर बैंकिङ सिस्टम सफ्ट्वयर एज सर्भिसको अवधारणाका साथ बजारमा आएको छ । उक्त सफ्टवेयर क्लाउडमा चल्ने भएकाले सहकारीको आफ्नो डाटामा सुरक्षित तवरमा पहुँच हुनेछ ।

गुरु कोर बैंकिङ सिस्टमभित्र सदस्यहरूको सेयर, बचत, ऋण, इन्स्योरेन्स म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, एक्टिभिटी लग, अडिट लग, अटो बर्थडे मेसेज, स्प्रेड क्यालकुलेसन, कस्ट अफ फन्ड क्यालकुलेसन आदि मुख्य फिचर छन् भने अटो डे क्लोज/अटो व्याकअप हुने भएकाले प्रयोगकर्ता ब्याकप लिने र सुरिक्षत गर्ने झन्झटबाट मुक्त हुनेछन् । गुरुको मोबाइल बैंकिङ प्रयोग गरी सहकारीको खाताबाट बैंकमा रकमान्तर गर्न सकिने जनाइएको छ । सहकारीका लागि चाहिने सम्पूर्ण सेवा सुविधा आफ्नै इकोसिस्टमबाट दिन सकिने भएकाले सहकारीले कुनै सेवा सुविधाको थर्ड पार्टी खोज्नु नपर्ने गुरु इन्फोसिसले जानकारी दिएको छ ।

सफ्टवेयर अत्याधुनिक, सजिलो हुनुका साथै सम्पत्ति शुद्धीकरणजस्ता गुण्स्तर सुनिश्चिततासँग सम्बन्धित समय सान्दर्भिक प्रतिवेदनहरू पनि सफ्टवेयरमा समावेश गरिएको छ । गुरु इन्फोसिसले न्युरोड, काठमाडौंँस्थित प्रधान कार्यालयलगायत चितवन, नवलपुर, रूपन्देही, बर्दिया, कास्की, मकवानपुर, पर्सा, सुनसरी जिल्लामा रहेका फिल्ड कार्यालयबाट सेवा सुविधा विस्तार गर्दै आएको जनाएको छ ।



तपाईको प्रतिक्रिया