
भरतपुर ।
जिल्लामा यस आर्थिक वर्षको चार महिनामा छ सय ५६ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारीअनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका छ सय ५६ उद्योगमा एक अर्ब ५५ करोड १६ लाख २८ हजार रुपैयाँ लगानी छ । गत वर्ष सोही अवधिमा दर्ता भएका सात सय ५१ उद्योगमा एक अर्ब ७४ करोड १० लाख ४३ हजार रुपैयाँ लगानी थियो ।
यी उद्योगमा एक हजार नौ सय ६२ ले रोगगारी पाएका छन् भने तीन सय ७२ पुरुष र तीन सय ३९ महिला गरी सात सय ११ जना उद्यमी बनेका छन् । यद्यपि पहिलो चौमासिकमा गत वर्षभन्दा कम उद्योग खुलेका छन् । चितवनमा घरेलु उद्योग कम खुल्ने गरेको पाइएको छ । यस प्रथम चौमासिकको अवधिमा चार सय ७४ साना उद्योग, एक सय ७८ लघुउद्यम र चार घरेलु उद्योग दर्ता भएका छन् । यस आवको साउनबाट कार्यालयमा लघु उद्योग दर्ता नहुने कार्यालयका सूचना अधिकारी सुदर्शन पौडेलले जानकारी दिए । अहिले लघु उद्योगको दर्ता स्थानीय तहमा नै हुने गरेको छ ।
पहिलो चौमासिकमा दर्ता भएका उद्योगमा कृषि तथा वनजन्यतर्फ मात्र चार सय ७८ उद्योग दर्ता भएका छन् । यसतर्फ युवाहरुको बढी आकर्षण भएको पाइएको छ । यस्तै उत्पादनमूलकमा ६२, पर्यटनमूलकमा ६२, सेवामूलक ५४ उद्योग दर्ता भएका छन् । ऊर्जामूलक, निर्माणमूलक, विज्ञान तथा सूचना प्रविधिमूलक र खनिजजन्यमा कुनै उद्योग दर्ता भएका छैनन् । यस्तै चार महिनाको अवधिमा सात सय २४ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योग बन्द भएका छन् । दर्ता भएको पाँच वर्षपछि पहिलोपटक नवीकरण गर्नुपर्छ भने त्यसपछि हरेक दुई–दुई वर्षमा नवीकरण गर्नुपर्ने पौडेल बताउँछन् । त्यस्तै चार महिनामा ९७ उद्योगले २३ करोड ८० लाख ८९ हजार रुपैयाँ लगानी बढाएका छन् ।
चितवनमा हाल १३ हजार एक सय ४५ साना तथा घरेलु उद्योग सञ्चालित छन् । तीमध्ये १२ हजार पाँच सय ९६ पुरुष र तीन हजार चार सय १७ महिला गरी १६ हजार १३ उद्यमी छन् भने ५५ हजार चार सय ९८ जनाले रोजगारी पाएका छन् । ती उद्योगमा कुल २४ अर्ब नौ करोड ११ लाख एक हजार रुपैयाँ लगानी रहेको छ । कृषि तथा वनजन्य उद्योगमा सबैभन्दा धेरै लगानी रहेको छ भने ऊर्जामूलक उद्योगमा सबैभन्दा कम लगानी छ । कार्यालयले पाँच लाखदेखि पाँच करोड रुपैयाँसम्म स्थिर पूँजी भएका उद्योग दर्ता गर्दै आएको छ । त्योभन्दा माथि पुँजी भएका उद्योग हेटौँडा र काठमाडौँमा दर्ता हुने गर्छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- करोडौं राजस्व छलीमा सोझो माझीलाई फसाउने समूहका यादव पक्राउ
- ‘सहकारीमार्फत वन तथा वातावरण क्षेत्रमा युवालाई जोडौँ’
- अचानक बढ्यो सेयर बजार
- प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
- सचेत हुँदै विदेश जाने युवा
- फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
- राजीनामा बाध्यता कि नैतिक मात्रै
- मल आपूर्ति तथा वितरकको जिम्मा साल्ट ट्रेडिङ्गलाई
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया