Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिपुसमै फल्न थाल्यो बागबानी केन्द्र सोलुखुम्बुमा स्याउ !

पुसमै फल्न थाल्यो बागबानी केन्द्र सोलुखुम्बुमा स्याउ !


सोलुखुम्बु ।
सोलुखुम्बुको बागबानी केन्द्र फाप्लुमा पुस पहिलो साताबाट नै स्याउ फल्न थालेको छ । सामान्यतया फागुनको पहिलो साताबाट फूल फुलेर जेठ, असारतिर फल लाग्नुपर्ने स्याउ पुस महिनामै फुलेर फल्न थालेको हो । समयअगावै फूल फुल्नुका साथै फल्न समेत थालेपछि स्थानीय अचम्ममा परेका छन् ।

फुल्नुपर्ने बेला पुस लाग्न नपाउँदै स्याउ फल्न थालेपछि आफूहरु अचम्ममा परेको स्थानीय नविन श्रेष्ठ बताए । जलवायु परिवर्तनको असरका कारण समयभन्दा विना सिजन फूल फुल्न थाल्ने तथा फल समेत लाग्न थालेपछि आफूहरु चिन्तामा रहेको अर्का अवलोकनकर्ता पासाङ शेर्पाले बताए । समयअघि नै फुलेर फल्नुले आफूहरुमा उत्साहभन्दा पनि चिन्ता बढेको उनको भनाइ छ । पछिल्लो समय वर्षात् नहुनु, चिसो हुने समयमा चिसो नहुनु, हिमालहरु क्रमशः पहाडमा परिणत हुँदै जानुजस्ता परिवर्तनहरु देखिँदै गएकाले पनि स्याउ समयभन्दा अघि नै फल्न थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

बागबानी केन्द्रमा करिब २ हजार २ सय बोटको हाराहारीमा स्याउका बोटहरु छन् । जसमा रेड डेलिसियस, गोल्डेन डेलिसियस, रेड रोयल, लोचिलिङ अर्लि, जापानी अरेन्जलगायतका स्याउहरु छन् । अहिले लोचिलिङ, रेड डेलिसियसलगायतका प्रजातिका बोटहरुमा फल लागिसकेको छ भने केहीमा फूल फुल्न सुरु भएको केन्द्रका निमित्त प्रमुख उपेन्द्र ठाकुरले जानकारी दिए ।

पुसमा नै फल लाग्नथालेको स्याउहरु क्रमशः आफैँ कुहिएर फल झर्ने गरेको पनि निमित्त प्रमुख ठाकुरको भनाइ छ । अघिल्लो वर्ष पनि यस्तै समस्या देखिएको उनको भनाइ छ । बागबानी अवलोकनमा पुग्ने अधिकांश मानिसहरु स्याउको बोटमा हेर्दै अच्चमित हुने गरेको केन्द्रका कर्मचारीहरु बताउँछन् ।

पछिल्ला दशकमा बढिरहेको औद्योगिक विकास तथा जनसङ्ख्या वृद्धिका कारण पृथ्वीको तापक्रम अत्यधिक वृद्धि भएको र त्यसैको प्रभाव फलफूलजन्य उत्पादनमा पनि देखिएको वातावरणविद् राजन थापाको भनाइ छ । मानवीय क्रियाकलापका कारण हरितगृह ग्यास बढी मात्रामा उत्सर्जन हुँदा पृथ्वीको तापमान वृद्धि हुन गई समयभन्दा अगावै फलहरु फल्नथालेको उनले बताए ।

पछिल्ला वर्षमा तराईमा पाइने लामखुट्टे पहाडी क्षेत्रमा भेटिन थालेको छ । जसका कारण सो क्षेत्रमा उत्पादन हुने गरेका फलफूलको उत्पादनमा ह्रास हुँदै आएको छ । तल्लो भूभागमा पाइने झार तथा किटाणु र अन्य वनस्पति त्यस क्षेत्रभन्दा उच्च क्षेत्रमा सर्दै जाने गरेको देखिएको अध्ययनकर्ताहरुले बताउने गरेका छन् । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो समय स्याउको उत्पादनमा भारी मात्रामा गिरावट समेत आएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया