Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिउदयदेव सहकारी संस्था अब मोबाइल बैंकिङ सेवामा

उदयदेव सहकारी संस्था अब मोबाइल बैंकिङ सेवामा


कञ्चनपुर ।
कञ्चनपुरमा रहेको उदयदेव बहुउद्देशीय सहकारी संस्था लिमिटेडले मोबाइल बैंकिङ सेवा सुरु गरेको छ । नयाँ वर्ष २०२१ को अवसर पारेर सहकारीले मोबाइल बैंकिङ सेवा सुचारु गरेको हो । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा मुख्य कार्यालय रहेको सहकारी संस्थाले बदलिँदो प्रविधिको उच्चतम सदुपयोग गर्नका लागि मोबाइल बैंकिङ सेवा सञ्चालन गरेको बताएको छ । उदयदेव बहुउदेशीय सहकारी संस्थाका कार्यकारी प्रमुख गणेशबहादुर चन्दले कोडिभ १९ बाट सतर्क रहनका साथै प्रविधिको सदुपयोग गर्दै ‘क्यास र पेपरलेस बनाउने संस्थाको उद्देश्य रहेको बताए । ‘अब हामी पेपर र क्यासलाई विस्थापन गर्दै, ट्याबलेट मोबाइल सेवा सुचारु गछौँ ।’

कार्यकारी प्रमुख चन्दका अनुसार ‘उदयदेव स्र्माट एप्स’मार्फत सेवा प्रदान गरिनेछ । ‘सहकारीका सबै सदस्य एव ग्राहकलाई सेवाबारे जानकारी गराउँछौँ, ‘उनले भने– ‘प्रविधिको प्रयोगबाट समयको समेत बचत हुन्छ ।’ उपभोक्ता ग्राहकले घरमै बसेर आफ्नो खातामा रकम जम्मा एवं ट्रान्सर्फर गर्नसक्ने सुविधा भएको कार्यकारी प्रमुख चन्दले बताए । उनले सहकारीका गैरउपभोक्ता एव ग्राहकलाई समेत विद्युत्, खानेपानी, मोबाइलमा रिचार्ज, अन्य बैंकमा रकम ट्रान्सफरको सुविधा उपलब्ध गराइनेछ । ‘सुरुका चरणमा कम्तीमा २५को लिमिटेस राखेका छौँ’, उनले भने, ‘यसको उपयोग एव लाभबारे विश्लेषण गरेर थप गर्दै जान्छौँ ।’ उदयदेव बहुउद्देशीय सहकारी सस्थाका अध्यक्ष पूर्णबहादुर चन्दले सहकारीले पनि आधुनिकतासँगै नवीनतम प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई अधिकतम सेवा दिइने बताए ।

सहकारीले भीमदत्त नगरपालिका वडा नम्बर १९ बाँगफाँटामा एक बिघा जमीन भाडामा लिएर कस्टमहायर सेन्टर स्थापना गरेर पहिलो वर्षको एक अन्नबाली सिजनमा अढाइ सय किसानलाई सेवा दिएको बताए । सहकारीले मुख्य केन्द्रीय कार्यालय महेन्द्रनगरमा स्थापना गरेर पाँच सेवा केन्द्रबाट सेवा विस्तार गर्दै आएको र आगामी दिनमा सुदूरपपश्चिम प्रदेशभरि कार्यक्षेत्र विस्तार गरिने योजना रहेको अध्यक्ष चन्दले बताए । आउँदो माघभित्रै कैलालीको धनगढी र अत्तरियामा शाखा विस्तार हुनेछ । ‘सहकारीमार्फत तराई पहाडको कृषि उत्पादन बजारसम्म पु-याउँछौँ, ‘उनले भने– ‘ग्रामीण भेगका विपन्न किसानलाई आत्मनिर्भर बनाउँछौँ ।’

कार्यक्रमको सञ्चालन गर्दै उदयदेव बहुउद्देशीय सहकारी सस्थाका सञ्चालक चित्रांग थापाले सहकारीले कृषि क्षेत्रमा आत्मनिर्भर बन्नका लागि सारेको योजनाबाट किसान लाभान्वित भएको बताए । सहकारीले लघु वित्तमार्फत समेत कार्यक्रम सञ्चालन गरेको छ । दुई दशकअघि १० लाख सेयरपुँजीबाट सुरुवात गरिएको सहकारीको हाल ११ करोड सेयरपुँजी रहेको छ । एक अर्ब आठ करोड ऋण लगानी, ९५ करोड निक्षेप संकलन गरेको छ । साढे २३ हजार सेयर सदस्य रहेको सहकारीले कृषि, लघु उद्यम पशुपालन एव उद्यमशीलता क्षेत्रमा काम गर्दै आएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया