सिभिल सहकारीले रकम फिर्ता नदिँदा सिभिल क्यापिटलमा समस्या

काठमाडौं ।
सिभिल सहकारीले राखेको १२ करोड रुपैयाँ फिर्ता नपाएपछि सिभिल क्यापिटलले यसअघि दिने भनेको पाँच प्रतिशत लाभांशलाई बोनसमा परिणत गर्ने प्रयास गरेको छ । बुधबार बसेको सिभिल क्यापिटलको बोर्ड बैठकमा नगद लाभांश दिन नसकिने अवस्था आएकाले पाँच प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरिएको तर आपसी सहमति नहुुँदा निर्णय हुुन नसकेको थाहा भएको छ ।
सिभिल क्यापिटलमा सिभिल बैंकका सुनिल पोखरेल अध्यक्ष रहेका छन् भने सञ्चालकहरुमा डा. गोकुुल बुुर्लाकोटी, शिखा मास्के, सृजना शाक्य तामाङ र अनिल ढुंगेल रहेका छन् । सिभिल क्यापिटलको आगामी आइतबार साधारणसभा हुँदै छ । त्यसले यसअघि लगानीकर्ताहरुलाई पाँच प्रतिशत नगद लाभांश दिने भनी सूचना प्रकाशित गरेको थियो । गरेको घोषणालाई पारित गर्नुपर्नेछ । तर सिभिल बैंकका समेत अध्यक्ष रहेका इच्छाराज तामाङले सञ्चालन गरेको सिभिल सहकारीमा राखेको १२ करोड रुपैयाँ डुबेपछि क्यापिटलले सेयर होल्डरहरुलाई दिने भनी घोषणा गरेको पाँच प्रतिशत नगद लाभांश दिन नसक्ने अवस्थामा पुगेको हो । त्यही कारण बुुधबारको बैठकले त्यस सम्बन्धमा निर्णय गर्न नसकेको बुझिएको छ ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया