Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिईश्वरभूमि साकोस पाइलेको साधारणसभा

ईश्वरभूमि साकोस पाइलेको साधारणसभा


दोलखा ।
दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेमा रहेको ईश्वरभूमि बचत तथा ऋण सहकारी संस्थाको ५औँ वार्षिक साधारणसभा सनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष सुवास बस्नेतको अध्यक्षयतामा सम्पन्न भएको साधारणसभामा संस्थाकी सचिव मन्दिरा भण्डारीले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यसैगरी साधारणसभामा संस्थाका कोषाध्यक्ष ढालबहादुर बस्नेतले २०७६/०७७ को ४२ लाख ९६ हजार एक सय ८४ रुपैयाँबराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीको सेयर पुँजी तीन लाख १६ हजार सात सय रुपैयाँ पुगेको छ । त्यसैगरी संस्थाको नाफा एक लाख ३२ हजार तीन सय रुपैयाँ रहेको छ । संस्थामा तीन सय ३२ जना सेयर सदस्य र ३० जना बाल सदस्य ३० रहेका छन् । साधारणसभा बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेका कार्यबाहक वडा अध्यक्ष कमल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया