हिउँदे वर्षा नहुँदा अलैँची कृषक चिन्तित

सोलुखुम्बु ।
समयमा हिउँदे वर्षा नहुँदा सोलुखुम्बुका अलैँची कृषक चिन्तित बनेका छन् । अलैँचीमा हिउँदे सिँचाइ अनिवार्य भए पनि समयमै हिउँदे वर्षा नहुँदा समस्या भएको कृषकहरूको गुनासो छ । अलैँची लगाएको क्षेत्रका कृषकहरूले अहिले खोल्सा तथा कुवाको पानीबाट अलैँचीमा सिँचाइ गर्न थाले पनि त्यो पर्याप्त नहुने सोलुखुम्बु लिखुपिकेका कृषक दिपेन्द्र कार्कीले बताए ।
उनका अनुसार आकसे पानी ढिलो पर्दा आगामी वर्ष अलैँची उत्पादनमा गिरावट आउने निश्चितजस्तै बनेको छ । जसले अलैँची खेतीमा संलग्न किसानमा चिन्ता बढाएको छ । केही कृषकहरूले कुलो तथा पाइपको माध्यमबाट सिँचाइ गरिरहेका छन् भने कतिपय कृषकहरू आकसे पानीको पर्खाइमा रहेको अर्का कृषक प्रेमबहादुर बस्नेतले बताए ।
बस्नेतका अनुसार अलैँचीलाई मंसिरमा भएको वर्षाले फाइदा पु-याउने भए पनि यसवर्षको माग पहिलो साता बितिसक्दा पनि वर्षा हुन सकेको छैन । जसको प्रत्यक्ष असर उत्पादनमा पर्ने देखिएको हो । लिखुपिके क्षेत्रका कृषकहरू विगत २० वर्षदेखि मुख्य नगदेबालीका रूपमा अलैँची खेती गर्दै आएका छन् । पछिल्लो समय रोग तथा मूल्यमा आएको गिरावटबाट आजित भएका किसानलाई समयमा पानी नपर्दा थप समस्या हुनपुगेको हो । आम्दानीको मुख्य स्रोत रहेको अलैँचीको उत्पादनमा गिरावट आउने भएपछि जीविकोपार्जनका लागि समेत समस्या हुने चिन्ताले सताएको किसानहरूको भनाइ छ ।
कुनै समय अलैँचीको भाउ राम्रो हुँदा लिखुपिके गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ का अधिकांश कृषकहरूले अन्नबाली हुने खेतबारी मासेर अलैँचीको खेती गरेका थिए । तर पछिल्लो समयमा विभिन्न रोगव्याधिका कारण उत्पादनमा गिरावट आउनुका साथै भाउ समेत निरन्तर ओरालो लाग्दा अलैँची खेती गर्ने वा अन्य खेती गर्ने भन्ने विषयमा आफूहरू अन्यौलमा रहेको स्थानीयको भनाइ छ ।
सोलुखुम्बुको जिल्लाको लिखुपिके, महाकुलुङ, थुलुङ दुधकोशी र सोताङ गाउँपालिकाको विभिन्न क्षेत्रमा अलैँची खेती गरिँदै आएको छ । सुरु सुरुमा प्रतिमन एक लाख रूपैँयासम्ममा अलैँची बिक्री गरेका किसानहरूले पछिल्लो समय भने २०/२५ हजारमा पनि बिक्री गर्न समस्या हुनेगरेको गुनासो गर्दै आएका थिए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- लक्ष्मी बैंकको अगुवगाइमा माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनामा ६५ करोड कर्जा
- राष्ट्रिय बीमा संस्थानको शाखा चाबहिल र सूर्यविनायकमा
- कुमारी बैंक र केजीएच ग्रुपबीच सहकार्य
- मेरो माइक्रोफाइनान्सद्वारा कर्मचारीहरूलाई दुईदिने तालिम प्रदान
- आरम्भ चौतारी लघुवित्तले आठ दशमलव ८५ प्रतिशत बोनस सेयर दिने
- मेगा बैंकका ग्राहकहरूलाई सिद्धार्थ ग्रुपमा विशेष छुट
- सारथी नेपाल लघुवित्तले नौ प्रतिशत लाभांश दिने
- प्रोग्रेसिभ फाइनान्स २६औँ वर्षमा प्रवेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया