वर्षात् नहुँदा हिउँदेबाली उत्पादन प्रभावित

देउखुरी ।
लामो समयदेखि पानी नपर्दा दाङका उर्वरभूमि बाँझै रहेका छन् । झण्डै पाँच महिनादेखि खडेरी परेका कारण दाङमा हिउँदे खेती प्रभावित बनेको छ । दाङका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् । आकासे पानीको भरमा हिउँदे खेती गर्दै खाएका कृषकको तोरी, मसुरो, गहुँ, जौजस्ता बालीनाली प्रभावित भएका छन् । गत असोजको अन्तिम सातादेखि वर्षात् हुन सकेको छैन । पानी नपरेपछि खेतबारी बाँझै रहेको घोराही उपमहानगरपालिका–९ का किसान जगमती चौधरीले बताए ।
तोरीबाली भित्र्याएपछि खेतबारीमा छरेका कुनै पनि बाली सप्रन सकेको छैन । अघिल्ला वर्षमा मुसुरो, केराउ, चना, गहुँ जौ फल्ने खेतबारी यसपालि पानी नपरेका कारण उब्जनी नहुने चौधरी बताउँछन् । घोराही–११ का किसान रेशम बस्नेतले आकासेपानीको भरमा हिउँदेखेती गरिँंदै आएकामा यस वर्ष समयमा वर्षात् नहुँदा लगाएको बाली पनि विस्तारै सुक्न थालेको बताए । ‘जमीन बाँझै छ । गहुँ, मसुरो, केराउ र जौको बीउ पनि नआउने अवस्था भएको छ ।
यसपालि बाली लगाएको सबै खेर जाने अवस्था छ’, उनले भने । दाङमा खेतीयोग्य जमीनमा सिँचाइको सुविधा नुहुँदा र आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको ठाउँमा यसपालि हिउँदे वर्षात् नभएकाले किसानको आम्दानी घट्ने अवस्थाले किसानलाई चिन्तित बनाएको छ ।
दाङ जिल्लाको कुल क्षेत्रफल २९ लाख पाँच हजार पाँच हेक्टर जमीनमध्ये खेतीयोग्य जमीन ६९ हजार नौ सय ५० हेक्टर रहेको छ । दाङमा कुल खेती गरिएको जमीन ६५ हजार नौ सय ८० हेक्टरमा खेती गरिएको छ । जिल्लामा बाह्रै महिना सिँचाइ हुने क्षेत्र १९ हजार छ सय ५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए ।
मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख नौ हजार दुई सय ११ हेक्टर रहेको छ । हिउँदको समयमा पानी नपरेको हुँदा बाली उब्जनी नहुने र बाँझै रहने सङ्केत देखिएको छ । पर्याप्त सिँचाइ नहुँदा र हिउँदे वर्षा नहँुदा यसपटक हिउँदे बाली गहुँ, जौ र मसुरोको उत्पादनमा कमी आउने प्रमुख धितालले बताए । हिँउदे वर्षा बालीनालीका लागि अमृतसमान हुन्छ । उनका अनुसार हिउँदमा वर्षात् नभएका कारण अन्नबालीलाई क्षति पु-याउने देखिन्छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- लक्ष्मी बैंकको अगुवगाइमा माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनामा ६५ करोड कर्जा
- राष्ट्रिय बीमा संस्थानको शाखा चाबहिल र सूर्यविनायकमा
- कुमारी बैंक र केजीएच ग्रुपबीच सहकार्य
- मेरो माइक्रोफाइनान्सद्वारा कर्मचारीहरूलाई दुईदिने तालिम प्रदान
- आरम्भ चौतारी लघुवित्तले आठ दशमलव ८५ प्रतिशत बोनस सेयर दिने
- मेगा बैंकका ग्राहकहरूलाई सिद्धार्थ ग्रुपमा विशेष छुट
- सारथी नेपाल लघुवित्तले नौ प्रतिशत लाभांश दिने
- प्रोग्रेसिभ फाइनान्स २६औँ वर्षमा प्रवेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया