किसानको श्रमको मूल्य उठ्ने गरी मूल्य निर्धारण गर्न आग्रह

काठमाडौं ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्ने गरी किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गर्न कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई आग्रह गरेकी छिन् । शनिबार समितिको २७औं वार्षिकोत्सव समारोहमा उनले किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको बताइन् ।
किसानबाट उपभोक्तासम्म कृषि उत्पादन आइपुग्दासम्म मूल्य धेरै चुलिएको अवस्था हुने गरेको भन्दै उनले यो असन्तुलनलाई अन्त्य गर्न आग्रह गरिन् । ‘किसानलाई न्यून मूल्य दिने र उपभोक्तासम्म आइपुग्दा उच्च मूल्य हुने भएपछी बीचको धेरै नाफा लिइदिनुभएन’, उनले भनिन्, ‘उपभोक्ता पनि मारमा पर्नु भएन र उत्पादन गर्ने किसान पनि मर्कामा पर्नुभएन ।
किसान, उपभोक्ता र व्यवसायी सबैलाई ठीक हुनेगरी बजार मूल्य निर्धारण हुनुप-यो ।’ उत्पादन र बजारलाई सँगै लैजानुपर्ने भन्दै उनले यो काम गर्न सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र सँगसँगै जानुपर्ने बताइन् । बजारलाई सबल बनाउन बजार विस्तार गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताइन् । त्यसका लागि सरकारले संघीय, प्रादेशिक र स्थानीय बजार गरी तीन खालको बजारको परिकल्पना गरेको उनको भनाइ थियो । नौवटा ठूला बजार स्थापना गर्नका लागि सरकारले प्रक्रिया अगाडि बढाइसकेको भन्दै उनले बजारविना उत्पादनको अर्थ नहुने भएकाले किसानले उत्पादन गरेको वस्तु उपभोक्तासम्म सहज ढंगले पु-याउन बजारको व्यवस्था आवश्यक रहेको बताइन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले केही सुधार गरेको देखिए पनि व्यवहारतः अझ धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याइन् । फोहोर र पार्किङको उचित व्यवस्थापन गर्न सुझाव दिँदै उनले स्टलसँग जोडिएका केही कुराले बेथिति ल्याएकोले सुशासन कायम गर्नका लागि सहयोगी बनिदिन व्यवसायीहरुलाई आग्रह गरिन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सेयर बजार परिसुचक २४ सय १६ अंकमा सिमित
- लक्ष्मी बैंकको अगुवगाइमा माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनामा ६५ करोड कर्जा
- राष्ट्रिय बीमा संस्थानको शाखा चाबहिल र सूर्यविनायकमा
- कुमारी बैंक र केजीएच ग्रुपबीच सहकार्य
- मेरो माइक्रोफाइनान्सद्वारा कर्मचारीहरूलाई दुईदिने तालिम प्रदान
- आरम्भ चौतारी लघुवित्तले आठ दशमलव ८५ प्रतिशत बोनस सेयर दिने
- मेगा बैंकका ग्राहकहरूलाई सिद्धार्थ ग्रुपमा विशेष छुट
- सारथी नेपाल लघुवित्तले नौ प्रतिशत लाभांश दिने
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया