Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिमिलिजुली कालिञ्चोक संस्थाले सबै सेयर सदस्यको दुर्घटना बीमा गर्ने

मिलिजुली कालिञ्चोक संस्थाले सबै सेयर सदस्यको दुर्घटना बीमा गर्ने


दोलखा ।
दोलखाको सदरमुकाम चरीकोटमा रहेको जिल्लाकै ठूलो सहकारी मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सम्पूर्ण सेयर सदस्यहरूको दुर्घटना बीमा गर्ने भएको छ । त्यसका लागि सहकारीले प्रभु इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको छ । संस्थाले आफ्ना सेयर सदस्यहरूको दुर्घटना भई मृत्यु भएमा वा स्थायी पूर्ण अशक्तता भएमा वा हुलदङ्गा तथा आतङ्कवादी क्रियाकलापबाट मृत्यु वा पूर्ण अशक्त भएमा ५० हजार रुपैयाँ पाउने गरी दुर्घटना बीमा गरेको हो ।

सहकारीले दुर्घटनामा परेर आकस्मिक आर्थिक भार नथपियो भन्ने उद्देश्यले सम्पूर्ण सेयर सदस्यहरूको दुर्घटना बीमा गरिएको जनाएको छ । सो कार्यको लागि संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठ र प्रभु इन्स्योरेन्स लिमिटेड चरीकोट शाखाका प्रमुख मानबहादुर बटालाले संयुक्तरूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् बाल सदस्यबाहेक मिलिजुली कालिञ्चोक साकोसका करिब २२ हजार सेयर सदस्यको दुर्घटना बीमा भएको प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानले जानकारी दिए । बीमाको लागि लाग्ने सम्पूर्ण प्रिमियम खर्च सहकारीले व्यहोर्ने र सेयर सदस्यको एक पैसा पनि खर्च नहुने उनले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया