Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि२२ लाख लगानी गरेर कृषि व्यवसाय सुरु

२२ लाख लगानी गरेर कृषि व्यवसाय सुरु


दोलखा ।
जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ का पुष्कर बस्नेतले ४५ रोपनी जग्गा भाडामा लिएर एक वर्षदेखि कृषि व्यवसाय गर्दै आएका छन् । लामो समय इलेक्ट्रोनिक व्यवसाय गरेका बस्नेत व्यापार फस्टाउन नसकेपछि गाउँमै जग्गा भाडामा लिएर कृषि व्यवसाय गर्न थालेका हुन् ।

उनले कृषि व्यवसायबाट मोबाइल पसलको भन्दा राम्रो आम्दानी हुने गरेको बताए । २२ लाख रूपैयाँ लगानी गरेर सुरु गरेको व्यवसायबाट अहिले मासिक १५ देखि २० हजार आम्दानी हुने गरेको उनको भनाइ छ । बस्नेतले गतवर्ष १६ लाख रूपैयाँ ऋण लिएर कृषि व्यवसायमा हात हालेका थिए । उनले अहिले लगानी बढाएर २२ लाखमा पु-याएको बताए ।

कृषिका क्षेत्रमा सरकारले लगानी गर्दै आए पनि आफूले अहिलेसम्म कुनै अनुदान पाउन नसकेको उनले गुनासो गरे । लामो समय काठमाडौँ र मैनापोखरीमा इलेक्ट्रोनिक मोबाइल पसल गरेका उनी देश संघीयतामा गएपछि बजारमा व्यापार ठप्प भएको भन्दै कृषिमा लागेका हुन् । उनले अहिले कालिञ्चोक कृषि पशुपन्छी तथा माछापालन फर्म दर्ता गरेका छन् ।

उनको फर्ममा अहिले ४५ वटा बाख्रा, तीनवटा भैंसी, छवटा तरकारीका टनेल रहेका छन् । सिजनमा उनको फर्मबाट सयौँ केजी टमाटर उत्पादन गर्दै आएका छन् । त्यसैगरी दैनिक १० लिटर दुध बिक्री गर्नेगरेको उनले सुनाए । काउली, टमाटर, साग, दुध र बाख्रा खसी बिक्रीबाट वार्षिक तीन लाख आम्दानी हुने गरेको उनको भनाइ छ । गाउँपालिका तथा बैंकबाट सहजखालको ऋण अनुदान पाउन सके व्यवसायलाई थप बढाउने योजना रहेको उनले सुनाए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया