Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीबाट मुलुकको आर्थिक रूपान्तरण सम्भव

सहकारीबाट मुलुकको आर्थिक रूपान्तरण सम्भव


काठमाडौं ।
राष्ट्रिय सहकारी महासंघले सहकारीबाट मात्रै मुलुकको आर्थिक रूपान्तरण सम्भव रहेको बताएको छ । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा काठमाडौँको लप्सेफेदीमा आयोजित दुईदिने सहकारी पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीले प्रदान गर्ने आर्थिक सुविधामार्फत नागरिकहरूले आफ्नो व्यवसायमा उत्पादनमा वृद्धि गरी गरिबी निवारणमा महत्वपूर्ण टेवा पु-याएको बताए । सहकारी र सञ्चार एकअर्काको पुरक रहेको भन्दै उनले अर्थतन्त्रमा सहकारीको योगदान बढाउन सञ्चार र सहकारीको सहकार्य हुन अपरिहार्य भइसकेको बताए ।

यस्तै सहकारी सिस्टममा नचल्दा समस्याग्रस्त हुनेगरेको उनको भनाइ छ । सहकारी सिस्टममा चल्नसके मुलुकको आर्थिक रूपान्तरण गर्न कुनै समस्या नहुने उनले बताए । सहकारी ऐनले उत्पादन र बजारीकरणमा सहकारी क्रमशः जोडिँदै गएको उनको भनाइ छ । देशभकार पाँच सयभन्दा बढी सहकारी उत्पादनमा प्रत्यक्ष काम गरिरहेको उनले बताए । सहकारी विभागको पछिल्लो तथ्यांकअनुसार सहकारीमार्फत ८८ हजारले रोजगारी पाएको तथ्यांक सार्वजनिक गरिए पनि एक लाखभन्दा बढीले रोजगारी पाएको हुनसक्ने अध्यक्ष कँडेलको भनाइ छ ।

सहकारीको वास्तविक तथ्यांक आउन नसक्दा सहकारीको योगदानको कदर हुन नसकेको उनले बताए । ऐनले उत्पादन, बजारीकरणलगायत विविधि क्षेत्रमा सहकारीलाई काम गर्ने अवसर दिएकाले सहकारीहरू पछिल्लो समयमा उत्साहित भएर लगानी गरिरहेको बताए । उनका अनुसार सहकारीले विशिष्टीकृत सहकारी संघमार्फत कृषि, आवासलगायतका क्षेत्रमा काम गरिरहेका छन् । आधा दर्जनभन्दा बढी विशिष्टीकृत सहकारी संघ दर्ता भएर विविध क्षेत्रमा काम गरिरहेको उनले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया