नेचुरल सहकारीको क्यूआर कोड बैकिङ सेवा
काठमाडौँ, पुस २५
काठमाडौँको जोरपाटीमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले क्यूआर कोड पेमेन्ट सिस्टम सुरु गरेको छ । सदस्यलाई छिटो, सरल, विश्वसनीय, उच्चस्तरीय सेवा दिने प्रतिबद्धताअनुसार क्यूआर कोड बैकिङ सुरुवात गरेको हो । संस्थाले यसअघि मोबाइल बैकिङ, एसएमएस सेवा, एटीएम सेवा, मिस्डकल बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
सहकारी संस्थालाई प्रविधिमैत्री बनाउने र सदस्यलाई सरल, सहजरूपमा सहकारीको सेवा दिने उद्देश्यले नयाँ सेवा सुभारम्भ गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक विकल्प पाठकले जानकारी दिए । संस्थाले बुधबारबाट पिपुल्स लाइफ केयर अस्पतालबाट क्यूआर कोड पेमेन्ट सिस्टमको सेवा सुभारम्भ गरेको हो । अब नेचुरल सहकारीका सदस्यले ‘नेचुरल स्मार्ट एप’ प्रयोग गरी ५ रूपैयाँदेखि ५० हजार रूपैयाँसम्म भुक्तानी गर्न सक्ने प्रमुख पाठकले जानकारी दिए ।
नेचुरल सहकारीको क्यूआर कोड पेमेन्ट रहेको अस्पताल, स्कुल, होटल, रिसोर्ट, किराना पसलहरूमा रकम भुक्तानी गर्न सकिने पाठकले बताए । नेचुरलले केन्द्रीय कार्यालय जोरपाटी, सदस्य सेवा केन्द्र साखु, सदस्य सेवा केन्द्र नयाँ बजार र सदस्य कार्यालय काडाँघारीबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया