Techie IT
×
गृहपृष्ठसहकारी–कृषिदोधारा चाँदनीमा रैथाने बिउ प्रदर्शनी मेला

दोधारा चाँदनीमा रैथाने बिउ प्रदर्शनी मेला


कञ्चनपुर ।
दोधारा चाँदनी नगरपालिकाले रैथाने जातका बिउ बिजनलाई जोगाउन बिभिन्न २ सय ५० भन्दा बढी जातका स्थानिय/रैथाने बिउ प्रदर्शनी गरेको छ । दोधारा चाँदनी नगरपालिका कार्यालय, जनजाग्रती बिकास समाज दोधारा चाँदनी, दोधारा चाँदनी कृषी बहुउद्धेश्यीय सहकारी संस्था, सामाजिक सेवा अध्यन केन्द्र ललितपुरको आयोजनामा मंगलबार स्थानिय÷रैथाने बिउ प्रदर्शनी मेला आयोजना गरिएको हो ।

स्थानिय/रैथाने बिउको संरक्षण र बिउ बैंक स्थापनाको लागी मेलाको प्रदर्शनी गरिएको आयोजक संस्थाले जनाएको छ । प्रदर्शनीमा दोधारा चाँदनी नगरपालिका वडा नं. ६, ७, ८, ९ र १० वडाका किसानहरूले रैथाने बिउहरू प्रदर्शन गरेका थिए । केराउका बिउ, जउको बिउ, सिमी लगाएत बिउहरू प्रदर्शनीमा समाबेस गरिएको जनजाग्रती बिकास समाज दोधारा चाँदनीका अध्यक्ष मान बहादुर रानाले बताए । उनका अनुसार जुम्ला, मुगु, दैलेख, बर्दिया र सुर्खेतका किसानहरूले ल्याएका रैथाने जातका बिउ प्रदर्शनीमा समाबेस गरिएको थियो । सदियौ देखि यहाँको माटोमा निरन्तर आफूलाई जोगाउन सफल भएको रैथाने जातका बिउ रहेको उनको भनाई रहेको छ ।

मौसम परिवर्तनसंगै किसानले रोप्दै आएको रैथाने अन्नबाली विस्थापित भएपछि दोधारा चाँदनी नगरपालिका कार्यालयको पहलमा रैथाने बिउ बचाउने अभियान अन्तर्गत बिउ बैंक स्थापना गर्ने योजनामा रहेको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखाका शाखा प्रमुख कमलापती भट्टले बताए । भट्टले स्थानिय/रैथाने बिउ प्रदर्शनी मेलाले किसानहरूमा रैथाने बिउ जोगाउने उत्साह जागेको बताए । मेलामा ठुला संख्यामा स्थानियहरूले बिउको बारेमा जानकारी लिन पाएको र मेला सफल भएको उनको भनाई रहेको छ ।

केही बर्ष अघिसम्म बिउमा आत्मनिर्भर रहेको दोधारा चाँदनी नगरपालिकाका किसान अहिले हाईब्रिडकै भर पर्न थालेका छन् । त्यसले उत्पादनमा हस मात्रै ल्याएको छैन, लाखौं रूपैयाको बिउ भारतवाट ल्याउनु पर्ने बाध्यता सृजना गरेको छ । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा भौगोलिक परिवेश अनुसार मकै, धानका अनगिन्ती प्रजाती, दाल, सिमी, तोरी सम्मका स्थानीय जातलाई हाईब्रिडले प्रतिस्थापन गरेको छ । नगर क्षेत्रमा केही रैथाने जातका बिउ लोप भएको जानकारहरू बताउँछन् । हत्तपत्त रैथाने बिउहरू रोपेको खेतीमा रोगले समाउदैनथ्यो तर पछिल्लो समय भित्रिएका हाईब्रिडमा बिषादी नहाली बाँच्नै नसक्ने स्थानियहरूको भनाई छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया