Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारठगीको आरोप लागेका शुक्रपथका सञ्चालकद्वारा सहकारी विभागका रजिष्ट्रारलाई स्वागत

ठगीको आरोप लागेका शुक्रपथका सञ्चालकद्वारा सहकारी विभागका रजिष्ट्रारलाई स्वागत


काठमाडौं ।
सहकारी विभागमा भर्खरै सरुवा भएर आएका रजिष्ट्रार हुन्– लिलाप्रसाद शर्मा । सहकारी क्षेत्रको बेथिति नियमन गर्ने नियामक निकायको नेतृत्वमा भर्खरै आएका शर्माले एउटा विवादास्पद गिरोहसँग भेट गरेको पाइएको छ । सहकारीका आवरणमा जग्गा दलाली धन्दा गर्ने यो गिरोहले भर्खरै सरुवा भएर आएका नयाँ रजिष्ट्रारलाई फूलको थुंगा चढाएका छन् । सोमबार सहकारी विभागको कार्यालय नयाँबानेश्वरस्थित रजिष्ट्रार शर्माकै कार्यकक्षमा पुग्ने गिरोह हो– राजधानीको न्युरोडमा रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरु ।

सर्वसाधारणको बचतमा सहकारीका सञ्चालकहरुले जग्गा दलाली धन्दा चलाउँदै आएको प्रमाण यसअघि नै सञ्चारमाध्यममा आएको थियो । सहकारीका सञ्चालक तथा तत्कालीन अध्यक्ष निरहरी उपाध्याय, हालका अध्यक्ष तथा पूर्वप्रबन्धनिर्देशक नरेन्द्र विष्ट, सञ्चालक मधुकर वाग्लेसहितका सञ्चालकहरुले सहकारी विभागका रजिष्ट्रार शर्मालाई भेटेर कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

रजिष्ट्रार शर्माले कार्यभार सम्हालेलगत्तै त्यस्ता पात्रलाई भेटेका छन् जसले जनताको बचतमा जग्गा दलाली धन्दामात्रै चलाएको छैनन्, सहकारी विभागदेखि सम्पत्ति शुद्धीकरण विभागसम्म छानबिनको घेरामा समेत छन् । उनीहरुले राजधानीको नैकापमा गुट्खा व्यापारी पवन गर्गसँग मिलेर ७० रोपनी जग्गा किनबेच गर्ने कागजात गरेका थिए । सहकारी सञ्चालकहरुले सुरुमा ३५ रोपनी जग्गा आफ्नो र श्रीमतीको नाममा नामसारी गरी ४२ करोडभन्दा बढीमा बेचबिखन गरका थिए ।

उक्त काण्ड थाहा पाएपछि एक टेलिभिजनले ३५ सेकेन्डको प्रोमो बजाएर पछि सेटिङ मिलेपछि प्रोमो नै डिलिट गरेको थियो । ‘शुक्रपथ सहकारीको कालोधन्दा…..’ भन्दै बजाइएको प्रोमो केहीबेरमै डिलिट गरिएको थियो । सहकारी सञ्चालकले टेलिभिजनका मालिकका पुत्रलाई जग्गाकै पार्टनरसिप दिने सहमति भएपछि टेलिभिजनले प्रोमो नै डिलिट गरेको खुलासा भएको थियो ।

टेलिभिजनले बार्गेनिङ गरेको घटना समेत सार्वजनिक भएपछि उक्त टेलिभिजनले करिब दुई करोड रुपैयाँ लिएर बाहिरिएको थियो । सहकारी सञ्चालकहरुले उक्तजग्गा ४२ करोडमा बेचेर मालामाल बनेका थिए । सर्वसाधारणको बचतको पैसामा जग्गा दलाली गर्ने गिरोहलाई सहकारी विभागकै रजिष्ट्रारले कार्यकालको सुरुमै भेटेर बधाई लिएपछि सहकारी विभागका अन्य कर्मचारी समेत सशंकित बनेका छन् ।

गुडविल सहकारीविरुद्ध उजुरीको ओइरो
ललितपुर, ललितपुरको कुमारीपाटीस्थित गुडविल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ फरार भएपछि निक्षेपकर्ताहरुले ललितपुर महानगरको छाहालस्थित सहकारी शाखा, ललितपुर बचत तथा ऋण सहकारी संघ, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरीपरिसर जावलाखेलमा उजुरी परेको छ । महानगरीय प्रहरी जावलाखेलका एक प्रहरीले पीडितहरुले उजुरी दिएको पुष्टि गरे । ७५ करोडभन्दा माथि आर्थिक हिनामिना गरेर अध्यक्ष श्रेष्ठ फरार भएपछि आक्रोशित बचतकर्ताहरुले उजुरी दिएका हुन् । उजुरीमा श्रेष्ठको सम्पत्ति रोक्का गर्न माग भने गरिएको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया