सिङ्गो गाउँ नै किबी खेतीमा
सुबास बस्नेत
दोलखा, पुस २७
कालिञ्चोक गाउँपालिकाको एक वडालाई किबी पकेट क्षेत्र घोषणा गरिएको छ । उच्च भेगमा रहेको कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ का किसानले गाउलाई किबी पकेट क्षेत्रको रूपमा विकास गर्न भन्दै सामूहिक किबी खेती सुरु गरेका छन् । दुई सय १४ हेक्टरमा फैलिएको जमिनमा करिब ४० हजार किबीको बिरुवा रोपिएको छ । गाउँपालिकाले किसानलाई निःशुल्क किबीको बिरुवा वितरण गरेको थियो । शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरी एक सय ३४ जना कृषकहरुले बिरुवा रोपेर सामूहिक खेतीको आरम्भ गरेका हुन् ।
कालिञ्चोक गाउँपालिकाको चाथली क्षेत्रमा किबी जोन दोलखाले जमिन परीक्षण गरेको थियो । किबी उत्पादनको लागि जमिन प्रमुख भूमि देखिएकाले केही गैरसरकारी संस्थाको सहकार्यमा गाउँपालिकाले दुई सय ५० किसानलाई ४० हजार किबी बिरुवा वितरण गरेको कालिञ्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामीले जानकारी दिए । अध्यक्ष थामीले स्थानीय किसानसँग सहजीकरण गरेर किबी उत्पादन समूहको फर्म निर्माण गरी किबीका बिरुवा वितरण गरेको बताए । स्थानीय कृषकलाई भूकम्प कार्डको आधारमा किबीको बिरुवा वितरण गरिएको हो ।
चाइथलीका कृषक गाउँपालिका र गैरसरकारी संस्थाको पहलमा आधुनिक प्रणालीबाट खेती गर्न पाएपछि खुसी भएका छन् । सो क्षेत्रमा सुरु गरेको किबी खेतीको नियमित रूपमा गाउँपालिका र किबी जोन दोलखाले अनुगमन गरिरहनेछ । त्यस्तै भर्खरै खुलेको लापिलाङ कृषि प्राविधिक स्कुलका विद्यार्थी आफ्नो तालिमको प्राक्टिकल सोही पकेट क्षेत्रमा गर्नेछन् । अहिले सोही विद्यालयका करिब एक सय विद्यार्थीले किबी रोप्न सहयोग गरेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया