Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसीतापाइला सहकारीमा करोडौँ ऋण अपचलन

सीतापाइला सहकारीमा करोडौँ ऋण अपचलन


काठमाडौँ ।

रातारात धनी बन्ने सपनामा अवैधरुपमा ढुुकुटीको कारोबार गर्दा ७५ लाख रुपैयाँ बुझाउन नसकेपछि श्रीमानश्रीमती दुवै जना हतकडी लगाएर प्रहरी हिरासतमा बसेर भनसुनका आधारमा जेल जानबाट जोगिएका सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष केदार मानन्धरले बचतकर्ताले जम्मा गरेको करोडौँ रकम नियमविपरीत आफ्नो स्वार्थअनुकूल दुुरुपयोग गरेको पाइएको छ ।

उक्त सहकारी संस्थामा सहकारी ऐनविपरीत सञ्चालकहरुकै नाममा १०औँ करोड रुपैयाँ ऋण अपचलन भएको पाइएको हो । पाँच हजार तीन सय ९९ जना सेयर सदस्य रहेको सहकारीमा सञ्चालकका कारण बचतकर्ता र सदस्यहरुको रकम जोखिममा पर्ने अवस्था आएको भन्दै सदस्यहरुले नै चिन्तित बनेका छन् ।

सीतापाइला सहकारीको सञ्चालक समितिमा कार्यकारी अध्यक्ष केदार मानन्धर, उपाध्यक्ष सुदर्शन शाही ठकुरी, कोषाध्यक्षमा हारुण रसिद, सचिव सबिना शाक्य, सञ्चालकहरुमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, गौरी प्रसाद दवाडी र डा. तारक बहादुर केसी छन् ।

अध्यक्ष रहेका मानन्धर र उनकी पत्नी पटक–पटक ढुकुटी खेलाएको अभियोगमा पक्राउ पर्दै छुट्दै आएका अभियुक्त हुुन् । कार्यकारी अध्यक्ष मानन्धर, सचिव शाक्य र चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीका आफन्तका नाममा करोडौँ रुपैयाँ ऋण लिइएको पाइएको छ ।

चन्द्रागिरिका मेयर गिरीले ६४ लाख ११ हजार २३ रुपैयाँ ऋण निकालेका छन् । जबकि सञ्चालक तथा पदाधिकारीले आफू नै संलग्न रहेको सहकारीबाट ऋण निकाल्न पाइँदैन । गिरीले बहिनी चाँदनी गिरीका नाममा एक करोड ३९ लाख ६८ हजार तीन सय आठ रुपैयाँ ऋण लिएका छन् । कार्यकारी अध्यक्ष केदार मानन्धरकी श्रीमती शर्मिला मानन्धरका नाममा एक करोड ५० लाख ७९ हजार दुई सय ९८ रुपैयाँ ऋण लिएको देखिन्छ । सचिव शाक्यले दुई करोड २४ लाख ४४ हजार छ सय ७४ रुपैयाँ ऋण लिएकी छन् ।

आफन्तको नाममा मात्रै होइन सीतापाइला सहकारीका सञ्चालकहरुले नक्कली कम्पनी खडा गरेर करोडौं रुपैयाँ ऋण अपचलन गरेको समेत पाइएको छ । सीतापाइला सहकारीले ऋण दिएको भनिएको एपेक्स डेप्लोपर कम्पनी नै नभएको बताइन्छ । उक्त कम्पनीले एक करोड २४ लाख ऋण लिएको छ । त्यसैगरी कार्यकारी अध्यक्ष मानन्धरका भाइले पनि एक करोड ४३ लाख २७ हजार दुई सय ९५ रुपैयाँ ऋण लिएको विवरणमा देखिएको छ । सहकारीको पैसा विभिन्न व्यक्तिको नाममा घरजग्गामा समेत लगानी गरिएको बुझिएको छ । साथै तुलसी मगरलाई बोर्डमा जानकारी नै नदिई विना धितो ८५ लाख रुपैयाँ ऋण दिइएको स्रोतले बताएको छ । सञ्चालकहरुले सहकारीको नाममा घरजग्गा दलाली गर्दै आएको उच्च स्रोत बताउँछ ।

२०५६ फागुन ९ गते दर्ता भएको सहकारीको नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र काठमाडौंका केही वडाहरुमा कारोबार गर्दै आएको छ । ९३ करोड ४१ लाख २१ हजार सात सय ६८ रुपैयाँ निक्षेप रहेको सहकारीमा कुल सम्पत्ति २०औँ साधारणसभासम्ममा एक अर्ब नौ करोड ९६ लाख १९ हजार दुई सय ३४ रुपैयाँ रहेको छ । संस्थाको भएको भनिएको ऋण अपचलनबारे सत्यतथ्य जानकारी लिनको लागि संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धर, उक्त संस्थाका सञ्चालक समेत रहेका चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी एवं उक्त सहकारीका सचिव शाक्यसँग पटक–पटक फोन सम्पर्कको प्रयास ग¥यौं ।

तर उनीहरु कसेको पनि फोन उठेन । त्यसपछि संस्थाका कोषाध्यक्ष समेत रहेका हारुण रसिदसँग सम्पर्क भयो । यस संस्थाका आएको बचत रकमको अपचलनबारे उनले भने, ‘यसमा त्यति धेरै सत्यता छैन, केही व्यक्तिले आफ्नो स्वार्थ पूरा नहुुँदा फैलाएको हल्ला मात्र हो ।’

यो संस्था २१ वर्ष लामो इतिहास बोकेको निकै सबल संस्था भएको दाबी गर्दै उनले संस्थाले गत आर्थिक वर्षको नाफाबाट आप्mना सेयर सदस्यरुलाई १२ प्रतिशत नगद लाभांश दिएको बताए । ‘२५ करोड रुपैयाँबराबरको त संस्थाको भवन मात्र छ । यो संस्थामा अहिले शुभेच्छा हस्पिटल भाडामा बसेको छ । संस्थाको सग्रम वित्तीय अवस्था निकै सबल छ’, उनले भने, ‘हाम्रो बचतकर्ता, सेयर सदस्यहरुको बचत रकम सबै सुरक्षित छ, केही तलमाथि भएको छैन ।’ केही सञ्चालकहरुले करोडौं रुपैयाँ कर्जा लिएको भनेर हल्ला चलाइएको दाबी गर्दै उनले यो धेरै पहिलोको कर्जा भएको बताए । यीमध्ये धेरै कर्जा चुक्ता भइसकेको उनको भनाइ छ ।

‘चुक्ता हुुन बाँकी कर्जामा पनि धितो, कर्जावाला ग्राहकको नियमित आम्दानीको स्रोत बलियो भएकै आधारमा दिएको हो । सबै कर्जा सुरक्षित छ’, उनले थपे, ‘कर्जाको सावाँँ ब्याजबापतको नियमित किस्ता भुक्तानी भइरहेको छ ।’

राजीनामा दिएका उपाध्यक्ष ठुुकुरीले नकारात्मक हल्ला फैलाए : कोषाध्यक्ष रसिद
केही समयअघि मात्र संस्थाका उपाध्यक्ष सुदर्शन शाही ठकुुरीले राजीनामा दिएका छन् । उनको राजीनामा सञ्चालक समितिले स्वीकृत पनि गरिसकेको रसिदले बताए । उनले केही मागहरु संस्थामा राखेकामा त्यो सबै माग संस्थाले पनि पूरा गर्न नसकेको बताउँदै उनले संस्थासँग त्यो सामाथ्र्य नभएको बताए । ‘उहाँले आफ्नो व्यक्तिगत स्वार्थ पूरा हुुन नसकेपछि राजीनामा दिएर २१ वर्ष लामो इतिहास बोकेको यो संस्था र संस्थाका आमसेयर सदस्य बचतकर्तासँग नै दुराशय राख्दै निराधार हल्ला फैलाउनुुभएको हो’, रसिदले भने ।

संस्थाको बारेमा ठकुरीले सहकारी डिभिजन कार्यालयमा पनि उजुरी दिएका थिए । त्यहाँबाट टोली आएर संस्थाको सबै हिसाबकिताब कागजपत्र हेरेर सबै चुुस्त दुुरुस्त रहेको भनेर संस्थालाई क्लिन चिट दिइसकेको रसिदको दाबी छ । ‘त्यहाँबाट आफ्नो अभीष्ट पूरा नभएपछि ठकुरी अहिले विभिन्न माध्यममार्फत संस्थाको बारेमा नकारात्मक हल्ला फैलाउन उद्यत छन्’, उनले भने ।संस्था सदैव आफ्ना आम सेयरसदस्य, बचतकर्ता, ग्राहकप्रति जिम्मेवार र जवाफदेही रहेको र संस्थाले सहकारी ऐनको मूल्य, मान्यता र विधानअनुुरुप रहेर नै बचत परिचालन गरेको उनले बताए । उनले यसमा केही कतै कुुनै कैफियत नभएको र सबै कर्जामा धितो पूर्ण सुरक्षित रहेको दाबी गरे ।

No description available.


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया