Techie IT
×
गृहपृष्ठसहकारी–कृषिउत्पादित वस्तुको बजारीकरणका लागि सरकारको अध्ययन सुरु

उत्पादित वस्तुको बजारीकरणका लागि सरकारको अध्ययन सुरु


बझाङ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि सरकारले अध्ययन सुरु गरेको बताएकी छिन् । हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘स्याउ जोन’ मुस्ताङले जिल्लाभित्रका कृषकहरूलाई हाइब्रीड स्याउका बिरुवा वितरण गर्ने कार्यक्रमको सोमबार शुभारम्भ गर्दै उनले कृषकले बजारीकरणको समस्या अब भोग्न नपर्ने बताइन् ।

स्याउको नर्सरी बनाउनका लागि बजेट तथा कार्यक्रम स्वीकृत भइसकेकोले आगामी दिनमा स्याउ कृषकलाई बिरुवाको अभाव नखड्किने समेत उनको भनाइ थियो । जिल्लाभित्रका प्रतिनिधिहरूले आफ्नो भूमिका उत्कृष्ट तवरले निर्वाह गरेको बताउँदै उनले आगामी दिनमा जिल्ला कृषि तथा पशुपन्छीको उत्पादकत्व बढाउने कार्यका लागि आफ्नो उपस्थिति र भूमिका मजबुत बनाउन आग्रह गरिन् ।

जोमसोममा स्याउका बिरुवा : कृषकलाई ‘स्याउ जोन’ जोमसोमले युरोपियन मुलुक इटालीबाट ल्याएर हाइडेन्सीटी स्याउका बिरुवा वितरण गर्न लागेको हो । ‘स्याउ जोन’का वरिष्ठ कृषि अधिकृत सुधीर थापाले नौ हजार दुई सय ३० बिरुवा वितरण गर्ने योजनाअनुरूप पहिलो चरणमा सोमबार छ हजार दुई सय ४० बिरुवा वितरण गरिएको जानकारी दिए ।

जिल्लाभित्रका विभिन्न १५ वटा सहकारी तथा समूहले स्याउका बिरुवा माग गरेकोले स्याउ जोन मुस्ताङमार्फत गोल्डेन डेलिसियस, गाला, फुजी र रेड डेलिसियस जातका बिरुवा ल्याएर वितरण गरिएको हो । नेपालमा बिरुवा उत्पादन नभएको हुनाले हाइडेन्सीटी स्याउ एक मिटरको दूरीमा लगाउन मिल्ने र उत्पादन बढी दिने भएकाले पनि मुस्ताङमा यो स्याउ उत्कृष्ट हुने थापाले बताए ।

संघीय सरकारको बजेटअनुरूप ५० प्रतिशत अनुदानमा वितरण गरिएको उक्त स्याउको बिरुवा जोमसोम आइपुग्दा प्रतिबोट एक हजार एक सय ७० रूपैँया खर्च लागेको छ । संघीय सरकारको बजेटमा मुस्ताङ जिल्लाभित्र दुई करोड ६० लाखमा स्याउको बिरुवा वितरण, नर्सरी, साना सिँचाइलगायतका कार्यक्रम सञ्चालन हुने प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङका बरिष्ठ कृषि अधिकृत शुधिर थापाले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया