Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसूर्यविनायक हरित कृषि थोक बजारमा २० प्रतिशत छुटको व्यवस्था

सूर्यविनायक हरित कृषि थोक बजारमा २० प्रतिशत छुटको व्यवस्था


काठमाडौं ।
नयाँं वर्ष २०७८ को अवसरमा देशकै ठूलो तरकारी बजारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । भक्तपुरस्थित नेपालकै ठूलो भनिएको सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा तरकारी तथा फलफूलमा केही दिनका लागि यो छुटको व्यवस्था गरिएको जनाएको छ ।

सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले नयाँं वर्षको अवसरमा पहिलो पटक यो छुटको व्यवस्था गरेको जनाए । प्रालिले ल्याएको यो छुटको व्यवस्थाको भरपुर फाइदा उठाउन उनले सवैसँग अनुरोध गरे । कृषि बजार हालसालै मात्रै सञ्चालनमा ल्याइएको हो । यो बजार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ आदर्श सिपाडोल क्षेत्रमा रहेको छ ।

अरनिको राजमार्गअन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको यो बजार रहेको छ । कृषि बजार आधृनिकरुपमा बनाइएको छ । त्यसको लागि भित्र प्रवेश गर्ने प्रवेशद्वार र बाहिर निस्कनका लागि छुट्टाछुट्टै दुईवटा प्रवेशद्वारको व्यवस्था गरिएको छ । एउटा प्रवेशद्वार अरनिको राजमार्ग जाडिएको छ भने अर्को सिपाडोल जाने मेन रोडसँंग जोडिएको छ ।

कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको जनाएको छ । साथै त्यहाँं पार्किङको पनि व्यवस्था छ । कृषि बजारभित्रसम्म तरकारी पु-याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ । ३२ करोडको लगानीमा सञ्चालित यो नेपालकै अहिलेसम्मको सबैभन्दा ठूलो व्यवस्थित कृषि बजार हो । बजारभित्र साढे सात सय स्टलहरु रहेको छन् । बजार प्रत्येक दिन बिहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ । बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भए पनि स्थानीयको लागि खुद्रा बिक्री पनि गर्ने जनाइएको छ ।

काठमाडौंको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडी भित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी खराब हुने सम्भावना धेरै भएको तर यहाँ त्यस्तो समस्या नआउने बताइएको छ । यो पूर्वी नाकाबाट आउने सबै तरकारीहरु यही पु-याएर यहीँबाट काठमाडौंलगायतका ठाउँंहरुमा पुयाउन सकिने जनाइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया