हाम्रो सगरमाथा सहकारी बिग मर्जरमा जाने
ललितपुर, पुस २९
ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था बिग मर्जरमा जाने भएको छ । गत शनिबार सम्पन्न संस्थाको २२औं साधारणसभाले बिग मर्जरमा जाने निर्णय पारित गरेको हो । मर्जरमा जाने संस्थाहरूबीच छलफल चलिरहेको र छिट्टै टुंगो लाग्ने साधारणसभामा जानकारी गराइएको थियो । यसअघि धेरै संस्थाहरू मर्ज गर्नेमा हाम्रो सगरमाथा रहेको छ ।
संस्थाको विभिन्न जिल्लाहरूमा गरी १९ वटा सेवा केन्द्र रहेको छ । ११ हजार सदस्य रहेको यस संस्थाको सेयर पुँजी १७ करोड पुगेको छ । आर्थिक वर्ष २०७५/०७६ मा एक अर्ब ६५ करोड बचत संकलन गरी एक अर्ब ३० करोड कर्जा प्रवाह गरेको साधारणसभामा जानकारी गराइएको थियो । हाल संस्थामा एक सय ७० जना कर्मचारी कार्यरत छन् । साधारणसभाको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहकारी संस्थाहरू धेरै भन्दै मर्जर अहिलेको आवश्यकता रहेको बताएका थिए । त्यस्तै आर्थिक समृद्धिको लागि सहकारी उपयुक्त माध्यम रहेको र अब सहकारी संस्था उत्पादनमा केन्द्रित रहनुपर्ने बताएका थिए ।
साधारणसभामा संस्थाका अध्यक्ष केबि उप्रेतीले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै लेखा समितिका संयोजक राजु पौडेलले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष उप्रेती र लेखा संयोजक पौडेलले पेश गरेको प्रतिवेदन साधारणसभाबाट पारित भएको छ ।
त्यस्तै सहकारी संस्थाको अध्यक्षमा पुनः केबि उप्रेती निर्वाचित भएका छन् । संस्थाको २२औं साधारणसभाले पुनः केबि उप्रेतीको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो । संस्थाको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा शिवप्रसाद कट्टेल, सचिवमा देवराज पराजुली, कोषाध्यक्षमा मुकुन्दप्रसाद पाण्डे, सदस्यमा बद्रिबहादुर राउत र प्रकाशमान शाही निर्वाचित भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा राजु पौडेल निर्वाचित भएका छन् । पौडेल यसअघि पनि लेखा समिति संयोजक थिए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया