Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिसानलाई तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन फोर एच नेपालको माग

किसानलाई तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन फोर एच नेपालको माग


काठमाडौं ।
फोर एच नेपालले एक वक्तव्य जारी गरी किसानलाई तत्काल कोरानाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । साथै किसानलाई फ्रन्टलाइन वर्कर तथा कृषिलाई उच्च जोखिमयुक्त क्षेत्र घोषणा गर्न पनि सरकारसँग माग गरिएको छ ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा जारी गरिएको विज्ञप्तिमा किसानलाई मल र बीउ खरिद गर्न तथा कृषिजन्य सामग्री बजारसम्म पु-याउन कठिनाइ भएकाले किसानका लागि स्थानीय तहबाटै पासको व्यवस्था गर्न भनिएको छ । साथै सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा असिनापानी तथा खराब मौसमको कारण उत्पादनमा कमी आएको भन्दै तत्काल खाद्यान्न उपलब्ध गराउन तथा किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनका माग गरिएको छ ।

विगत वर्षजस्तै यो वर्ष पनि मलको समस्या देखिनसक्ने भन्दै तत्काल किसानलाई मल उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । साथै, किसानले लिएको कृषि ऋणलाई सहुलियत दिन र ब्याज तिर्ने समयसीमा बढाउन पनि माग गरिएको छ । यस्तै आगामी वर्षको नीति तथा कार्यक्रममा किसानका लागि विशेष व्यवस्था गर्न तीनै तहका सरकारसँग जोडदार माग गरिएको छ ।

कोभिड १९ को दोस्रो भेरियन्टले महामारीको रूप लिएसँगै नेपाल सरकारले गरेको लकडाउनको कारण कृषि व्यवसाय तथा किसानहरूले ठूलो समस्या झेल्दै आइरहेका र कृषि उत्पादन, बजारीकरण तथा उद्यमशीलतामा दिनानुदिन थप नयाँ समस्या तथा चुनौतीहरू थपिँदै गइरहेको फोर एच नेपालको ठहर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया