Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषिमा उत्पादनमूलक कार्यक्रम र उचित नीतिको खाँचो

कृषिमा उत्पादनमूलक कार्यक्रम र उचित नीतिको खाँचो


काठमाडौं ।
कृषि क्षेत्रका विज्ञ तथा व्यवसायीहरूले व्यावसायिक कृषिका लागि उत्पादनमूलक कार्यक्रम र नीतिको खाँचो औँल्याएका छन् । मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको वेबीनार कार्यक्रममा उनीहरूले कृषिको बजेट र अनुदानमा समानताको आवश्यकतामा पनि जोड दिए । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डा. योगेन्द्र कुमार कार्कीले मन्त्रालयले साना र सीमान्तकृत किसानका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिरहेको बताए ।

मन्त्रालयले १० लाखभन्दा कम रकम सहुलियत ब्याजदरमा किसानलाई उपलब्ध गराउने विषयमा बैंकहरूसँग छलफल गरिरहेको उनको भनाइ थियो । कृषि बीमाको कभरेजलाई कसरी बढाउने भन्नेमा आफूहरू लागिपरेको भन्दै सचिव कार्कीले कृषि ज्ञान केन्द्रमार्फत यस विषयमा किसानहरलाई सूचना दिनुपर्ने बताए । उनले संघ, प्रदेश र स्थानीय तहमा अनुदानको दायरा एउटै हुनुपर्ने भन्दै यसले एकरूपता आउने र दोहोरपना घट्ने बताए । कोभिड–१९ को कारण कृषिमा परेको असरलाई कसरी समेटेर लैजाने भनेर मन्त्रालयले योजना बनाएको उनको भनाइ छ ।

विदेशी राष्ट्रले गरेका कृषिका प्राटिक्सलाई सिक्दै अगाडि बढाउँदै जानुपर्नेमा पनि उनले जोड दिए । प्राङ्गारिक, जैविक मललगायतका कृषिसम्बन्धी राम्रा कार्यक्रमहरू आए पनि त्यो पर्याप्त भने नभएको उनको भनाइ थियो । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट तुलनात्मक रूपमा सन्तोषणजनक रहेको उनले बताए । आर्थिक अध्यादेश प्रमाणीकरमा सरकारले कृषकहरूलाई छुटको दायरा बढाएको उनले बताए ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष तथा वरिष्ठ उद्यमी पवन गोल्यानले कृषि क्षेत्रमा साना किसानको विकासमा टेवा पु¥याउनु आवश्यक रहेको बताए । सरकारले कृषिमा छुट्याएको बजेट वास्तविक कृषकसम्म पुग्ननसकोको उनको गुनासो थियो । कृषिमा सीप, मल, कृषि यन्त्र, सिँचाइको अभाव र बजारीकरणको समस्या रहेको भन्दै उनले बजेट जतिसुकै आए पनि केही नहुने बताए । कृषिको प्रशोधन, उत्पादन भएका वस्तुको बजारीकरणका लागि संरचना बनाउनुपर्नेमा उनले जोड दिए ।

कृषि कर्जा प्रवाहमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कृषिका लागि आन्दोलन नै आवश्यक भएको बताए । कार्यक्रममा वरिष्ठ कृषि उद्यमी गुणचन्द्र विष्टले कृषिको बजेट परम्परागतभन्दा माथि जाननसकेको बताए ।

सरकारले ल्याएको बजेटमा पैसा थुपार्नेभन्दा केही नयाँ कार्यक्रम नदेखिएको उनले उल्लेख गरे । ‘कृषिमा बजेट केही पनि छैन, ६० प्रतिशत कृषिमा आश्रित हुँदा बजेट ३ प्रतिशत पनि छैन’ उनले भने । त्यस्तै कफी व्यवसायी महासंघका संस्थापक अध्यक्ष एवं कफी उद्यमी ढकेश्वर घिमिरेले कफि क्षेत्रमा नीतिगत, अनुसन्धान तथा उत्पादन बढाउने विषयमा समस्या भएको बताए ।

मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषको अध्यक्षतामा भएको कार्यक्रममा कृषकहरू फनिनारायण अर्याल, गोविन्द प्रसाद आचार्य, बुद्ध लामा, भोजराज श्रेष्ठ, नारायण प्रसाद पंगेनी, यम कार्की, राजन गैरे, सरिता श्रेष्ठ, शान्त लामा, माया तिवारी, श्रीकृष्ण अधिकारी, पृथ्वी भुजेललगायतले कृषिमा अनुदान आएपनि पहुँचवालाको हालिमुहाली भएको भन्दै साना किसानको पहुँच राज्यसँग पुग्ननसकेको गुनासो गरेका थिए । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया