Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषितरकारी खेतीबाटै मासिक एक लाखभन्दा बढी आम्दानी

तरकारी खेतीबाटै मासिक एक लाखभन्दा बढी आम्दानी


बझाड. ।
जिल्लाको जयपृथ्वी नगरपालिका वडा नः २ बस्ने वर्ष ४५ का गणेश खड्काले तरकारी खेतीबाटै मासिक एक लाखभन्दा बढी आम्दानी गर्नेगरेका छन् । केही वर्ष सदरमुकाम चैनपुर बजारमा मेकानिकल काम गरी बसेका खड्का पछिल्लो समय कृषि पेसामा आबद्ध भएका हुन् ।

तरकारी खेतीबाट नै मासिक ९० हजार आम्दानी गर्ने गरेका छन् भने च्याउ खेतीबाट मासिक ३० हजार गाउँमै बसेर आम्दानी गरिरहेका छन् । तरकारी खेतीको लागि मलको अभाव नहोस् भनेर दुईवटा जर्सी गाई समेत पालेका छन् । अब केही महिनापछि अझै चार पाँचवटा जर्सी गाई समेत थप्ने योजना रहेको उनले जानकारी दिए । पैसा कमाउनलाई विदेश नै जानुपर्छ भन्ने युवाका लागि सिक्ने असल पाठ बन्न सक्छ भनेर गाउँमै बसेर तरकारी खेती गरेको खड्काले बताए ।

‘सानैदेखि व्यवसाय गर्नुपर्छ भन्ने सोच थियो, पहिले पनि मैलै मेकानिकल बनेर सदरमुकाम चैनपुरमा घडी रेडियाकोे पसल खोलेर लामो समय सम्म काम गरे । अहिले दिनरात नै तरकारी खेतीमै बितेको छ’, उनले भने । तरकारी खेतीका लागि जयपृथ्वी नगरपालिकाले आर्थिक सहयोग गरेको पनि उनले जानकारी दिए । अन्य निकायले भने आफ्नो बारीको फोटो खिचेर लगेर अनुदान अर्कैलाई दिनेगरेको पाइएको उनले गुनासो गरे ।

‘वास्तविक कृषकले अनुदान पाएका छैनन्’ स्थानीय कृषक करन सिँह भन्छन्, ‘यो समस्या एउटै खड्काको मात्र होइन वास्तविक सबै कृषकको समस्या नै यस्तै रहेको छ ।’ ‘मेरो बारीको फोटो खिचेर नेताका कार्यकर्ताले अनुदान ल्याएका छन् । ती अनुदान पाउनेको घरमा तरकारी किनेर खान्छन् कागजीरूपमा प्रक्रिया पु-याई बजेट खानेको संख्या हाम्रो समाजमा कम छैन’ कृषक खड्काले भने ‘अरुले प्रगति गरेको देख्नसक्ने समाजको निर्माण अझै हुनसकेको छैन, मलाई व्यवसाय गरेको देखेर आफूले पनि व्यवसाय गर्ने सोच कसैको पलाएको छैन, उल्टै मेरो बारीमा कहिले टनेलभित्रका बेर्ना चोर्ने कहिले राति टनेलभित्र तरकारी नष्ट गर्नेलगायतका कार्य हुनेगरेका छन् ।’

जिल्लामा कुनै पनि स्थानीय तहमा वास्तविक किसानको पहिचान नै नगरी काम नहेरी मुख हेरेर अनुदान दिँदा वास्तविक किसानका समस्या उस्तै रहेको कृषकको गुनासो छ । स्थानीय तहबाट नीतिगत निर्णय गरी जनप्रतिनिधिले टोल बस्तीबाट नै पहिचान गरी कृषकलाई अनुदान दिनसके वास्तविक किसानलाई निकै राहत हुने कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक ब. विष्टले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया