बझाड. ।
यहाँका स्थानीय कृषकहरूले जनकल्याण कृषक समूह बनाएर सामूहिक तरकारी खेती गर्न सुरु गरेका छन् । बरु जग्गा बाँझै छोड्ने तर सामूहिक खेतीमा पद्धतिमा विश्वास नगर्ने यहाँका कृषकका लागि देवलका किसानहरूले गरेको यो प्रयास उदाहरण बनेको छ । जयपृथ्वी नगरपालिका वडा नं ८ र ९ देवलका २३ जना कृषकहरू मिलेर समूह गठन गरी गत कात्तिकबाट सामूहिक तरकारी खेती सुरु गरेका हुन् ।
उनीहरूको यो अभ्यास हेर्न र बारीमै पुगेर ताजा तरकारी किन्न आउनेहरूको संख्या हाल दिनप्रतिदिन बढ्दो छ । यो ठाउँ सदरमुकाम चैनपुर नजिकै रहेकोले पनि बजारको समस्या पनि छैन । ‘बिहानको समयमा मर्निङ वाक पनि हुने र ताजा तरकारी पनि खान पाइने भएकोले धेरैजसो बारीमै पुग्छन्,’ समूहका सचिव समेत रहेका तरकारी खेतीका व्यवस्थापक कृष्णराज कोइरालाले भने, ‘बारीमै किन्न आउनेलाई उतिखेरै टिपेर ताजा तरकारी दिनेगरेका छौं । मूल्य पनि बजारको भन्दा केही सस्तोमा दिन्छौँ ।’
कात्तिकबाट सुरु गरेको यो सामूहिक खेतीले चैतदेखि आम्दानी दिन सुरु गरेको छ । मासिक एक लाखको हाराहारीमा तरकारी बिक्री हुनेगरेको उनीहरूको भनाइ छ । केही दिनभित्रै तीनवटा भैँसी ल्याउने तयारी समूहको छ । मल पनि बारीमै उत्पादन गर्ने र पूर्णरूपमा प्रांगारिक तरकारी उत्पादन गर्ने लक्ष्यका साथ भैँसी पाल्ने तयारी गरिएको हो ।
हाल १४ रोपनी जग्गामा तरकारी खेती गरेको भए पनि भविष्यमा यसको क्षेत्र बढाउने योजना रहेको समूहका अध्यक्ष नरेन्द्र खड्काले बताए । ‘मासिक पाँच/सात लाख आम्दानी हुनेगरी दुध र तरकारी बिक्री गर्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौँ,’ उनले भने, ‘विस्तारै यो बगरको सबै जग्गामा तरकारी खेती गर्ने सोच बनाएका छौँ ।’
देवलका किसानहरूले सामूहिक खेती प्रणालीमा नमूनाको रूपमा काम गरेकोले यो पद्धति अन्य ठाउँमा पनि विस्तार गर्न प्रोत्साहन गर्ने सोच बनाएको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए । ‘आफैं बीउपुँजी संकलन गरेर उहाँहरूले सुरु गर्नुभएको व्यावसायिक खेतीको नमूना उदाहरणीय छ,’ प्रमुख विष्टले भने, ‘अब हामीले यस्तै मोडलमा जिल्लाका अरू क्षेत्रका किसानहरूलाई पनि संगठित गर्ने सोच बनाएका छौँ । आगामी वर्ष सामूहिक खेतीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू पनि राखेका छौँ ।’ उनले जनकल्याण कृषक समूहलाई प्रोत्साहन गर्न प्रांगारिक मल, प्रविधि र प्राविधिक सहयोग गरेको बताए ।
उक्त समूहका सदस्यहरूले हालसम्म कतैबाट अनुदान नलिएको बताएका छन् । बरू प्रत्येक सदस्यबाट रकम उठाएर १४ रोपनी जमिनमा फलामे तारबार लगाएका छन् । बारीमा बेमौसमी खेती गर्नका लागि प्लास्टिक घर निर्माण गरेका छन् । भैँसी पाल्नका लागि गोठ र चौकीदार तथा कर्मचारी बस्नका लागि फलामे ट्रस्टसहितको घर छ । ‘अहिलेसम्म कुनै अनुदान लिएका छैनौँ । छ महिनासम्म हामीहरू सबै खटेर मिलेर काम ग-यौँ,’ समूहका सदस्य समेत रहेका वडा नं ९, का वडा अध्यक्ष बजिर खड्काले भने, ‘अहिले तीन जना कर्मचारी राखेका छौँ । बिहान–बेलुका हामीले पनि हेर्नेगरेका छौँ ।’
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
- कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी हो : सहमहामन्त्री राठोर
- ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
- घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु
- गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया