Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिसानका समस्याप्रति गम्भीर बन्न आग्रह

किसानका समस्याप्रति गम्भीर बन्न आग्रह


काठमाडौं ।
राष्ट्रिय खाद्य बैंकले सरकारलाई किसानका समस्याप्रति गम्भीर बन्न आग्रह गरेको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागी गरिएको निषेधाज्ञाका कारण कृषिजन्य वस्तु उत्पादन गर्ने किसानहरू मर्कामा परेको खाद्य बैंकले जनाएको छ ।

खाद्य बैंकका कार्यकारी निर्देशक शंकरनाथ उप्रेतीले सोमबार एक विज्ञप्ति जारी गरी कृषि उत्पादनमा सरिक किसानहरूको संरक्षणविना खाद्य संरक्षण हुननसक्ने बताएका छन् । साथै उनले किसानहरूलाई कोरोना भ्याक्सीन लगाउन समेत माग गरेको छन् ।

‘कृषी उत्पादनमा सरिक किसानहरूको सरक्षणविना खाद्य संरक्षण नहुने हुँदा आफ्नो श्रम र पसिनाले समाजलाई पाल्ने किसानहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउनु आवश्यक छ । अत्याधिक वर्षा हुँदा पनि मार खेप्नुपर्ने खडेरीले सुक्खा हुँदा पनि मार खेप्नुपर्ने किसानहरूलाई बीउ तथा मलको सहज आपूर्ति नहुँदा, बजार ढुवानी सेवा नपाउँदा चपेटामा पर्दै आएका छन्, यी समस्यालाई गम्भीरतापूर्वक लिई ठोस कदम चाल्न सम्पूर्ण सरोकारवाला निकायहरूलाई अपिल गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

खाद्यान्न अति आवश्यक वस्तु भएकाले राष्ट्रव्यापी निषेधाज्ञाको समयमा यसको बिक्रीवितरणमा सबैले ध्यान दिएजस्तै वर्षायाम सुरु भएसँगै यसको उत्पादनको क्षेत्रलाई ध्यान नदिएको खाद्य बैंकले जनाएको छ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया