Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिफौजी कीरा नियन्त्रण गर्न बैतेश्वर गाउँपालिकाको चासो

फौजी कीरा नियन्त्रण गर्न बैतेश्वर गाउँपालिकाको चासो


दोलखा ।
जिल्लाको बैतेश्वर गाउँपालिकाभित्रका किसानले लगाएको मकैबालीमा फौजीकीराको प्रकोप बढेपछि गाउँपलालिकाले फौजी नियन्त्रण गर्न चासो देखाएको छ । गाउँपालिकाले प्रत्येक किसानलाई कीरा नियन्त्रण गर्न विषादी वितरण सुरु गरेको हो ।

गाउँपालिकाले फौजीपीडित किसानलाई गाउँपालिकामा बोलाएर स्प्रेय, साइपर मेथिन, कोलोरो साइपर, डाइथिएमलगायतका विषादी निःशुल्क वितरण गर्न सुरु गरेको छ । केही दिनअघि फौजीको प्रकोपले किसान चिन्तित बनेको समाचार आर्थिक दैनिकले प्रकाशित गरेसागै गाउँपालिकाले किसानको मकै बाली सुरक्षा गर्न चासो देखाएको बैतेश्वर गाउँपालिका मिर्गे पाइलेका किसान टहल बहादुर खड्काले जानकारी दिए । बैतेश्वर गाउँपालिकाको ८ वडामध्ये छवटा वडामा खेती गरिएको मकैबालीमा फौजीको प्रकोप देखिएको बैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार बैतेश्वर गाउँपालिकाको वडा नम्बर ४ र ५ बाहेक अन्य वडामा अमेरिकन फौजी कीराले धेरै क्षति गरेको हुँदा गाउँपालिकाले फौजीपीडित किसानलाई विषादी वितरण गरेको हो । यो कीराको प्रजातिले मकैको धानचमरा नपलाएको कलिलो मकैलाई नष्ट गर्छ । यसले मकैको पात, गुभो, जुँगा तथा घोगामा समेत क्षति पु¥याउने गरेको बाली वैज्ञानिकहरूको भनाइ छ । प्रकोप रोक्न समयमै कीरा मार्न प्रयोग हुने विषादी प्रयोग गरेर कीरा मार्न सकिने गाउँपालिका कृषि विज्ञहरूको भनाइ छ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया