Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिपर्याप्त पानी पर्न थालेपछि किसान धान रोपाइँमा व्यस्त

पर्याप्त पानी पर्न थालेपछि किसान धान रोपाइँमा व्यस्त


बझाड. ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा जारी निषेधाज्ञाकै बीच यहाँका किसानहरू धान रोपाइँमा व्यस्त देखिन थालेका छन् । यसपालि समयमै पर्याप्त मात्रामा पानी परेपछि किसानहरू धान रोपाइँमा व्यस्त हुनथालेका हुन् । कोरोनाको जोखिम मोलेरै पनि ग्रामीण तथा उच्च पहाडी भेगमा वर्षे धान रोप्न सुरु गरिएको हो । जिल्लाका ग्रामीण तथा उच्च पहाडी क्षेत्रमा धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्टले बताए ।

विषेशगरी यतिबेला जिल्लाको केदारस्यु गाउँपालिका, थलारा गाउँपालिका, छबिस गाउँपालिकाको माथिल्लो भेगमा रोपाइँ हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने भनिए पनि वर्षायाममा खेतबारीमा धेरै किसानका बीच धान रोपाइँ गर्दा जोखिम भने रहने किसानको भनाइ छ । कोरोना संक्रमण जोखिमको चिन्ताभन्दा धान रोपाइँ गर्नुको चिन्ताले यतिखेर किसान बिहानदेखि साँझसम्म धान रोपाइँ गर्नमै व्यस्त हुनेगरेका छन् ।

यस्तै जयपृथ्वी नगरपालिकामा पनि केही दिनमै रोपाइँ सुरु गर्ने तयारी भएको छ । त्यस्तै जिल्लाको बुगल नगरपालिका–२ का फाँटमा रोपाइँको लागि बाँझो जमिन जोत्ने काममा किसान व्यस्त भइरहेको स्थानीयवासी दिल बहादुर धामीले बताए । बझाङ जिल्लामा करिब १४ हजार हेक्टरमा धान खेती गरिने अनुमान छ । जसमध्ये आठ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकोले नियमित तथा मौसमी गरी रोपाइँ हुने अनुमान छ । जेठ ३० गतेसम्ममा करिब २५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया