Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसूर्यविनायकमा लालीगुराँस बहुउद्देश्यीय सहकारीको काउन्टर

सूर्यविनायकमा लालीगुराँस बहुउद्देश्यीय सहकारीको काउन्टर


काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भक्तपुरको सूर्यविनायकमा छैटौँ सदस्य सुविधा काउन्टर सञ्चालन गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले उक्त काउन्टरको उद्घाटन गरेका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न यस संस्थाले आगामी वर्षहरूमा थप नयाँ कार्यक्रम र योजनाहरू अगाडि बढाउँदै लैजाने बताए ।

संस्थाको ललितपुर जिल्लाको चापागाँउ, काठमाडौँ जिल्लाको चाबहिल, न्यूरोड, भक्तपुर जिल्लाको कौशलटार र चितवन जिल्लाको पर्सामा समेत सदस्य सुविधा काउन्टर सञ्चालन गरेको संस्थाले आफ्ना सेयरसदस्यहरूलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरू उपलब्ध गराएको छ भने, तीन सयभन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्षरूपमा रोजगारी समेत उपलब्ध गराएको छ । हाल ६ स्थानमा रहेको सदस्य सुविधा काउन्टरलाई बृद्धि गरी आगामी दिनमा उपत्यकाभित्र र बाहिर गरी थप ६ स्थानहरूमा थप सुविधा काउन्टरहरू सञ्चालन गरी संस्थाले आफ्नो सेवाहरू विस्तार गर्ने संस्थाले जनाएको छ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया