Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषि ज्ञान केन्द्र सोलुखुम्बुको दुई करोडभन्दा बढीको कार्यक्रम

कृषि ज्ञान केन्द्र सोलुखुम्बुको दुई करोडभन्दा बढीको कार्यक्रम


सोलुखुम्बु । सोलुखुम्बुको कृषि ज्ञान केन्द्रले दुई करोडभन्दा बढीको वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले आइतबार एक कार्यक्रमका बीच चालू आर्थिक वर्ष २०७८/७९ को लागि दुई करोड १३ लाख १० हजारबराबरको कार्यक्रम सार्वजनिक गरेको हो । केन्द्रका प्रमुख दुर्गाबहादुर तिरुवाले प्रस्तुत गरेका कार्यक्रममा सबैभन्दा बढी बजेट कृषि बजार तथा संकलन केन्द्र निर्माणमा ४५ लाख रूपैयाँ छुट्याइएको छ ।

त्यसैगरी नमूना कृषि फार्म स्थापना सहयोगका लागि २८ लाख रूपैयाँ, युवालक्षित च्याउ, मह तथा तरकारी उत्पादन कार्यक्रमका लागि ३० लाख, मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रममा १२ लाख बजेट छुटिएको उनले बताए । यस्तै मकै उत्पादन पवर्द्धन कार्यक्रमका लागि ३१ लाख ५० हजारसहित अन्य कार्यक्रमहरू स्वीकृत भएको ज्ञान केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा एक करोड १२ लाख ४३ हजार रूपैयाँबराबरको कार्यक्रम स्वीकृत भएको थियो । जसमा आधा बजेट कोरोना रोकथामका लागि प्रदेश सरकारले कटौती गरेको केन्द्रका प्रमुख तिरुवाले बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया