Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिपशुहरूमा कृत्रिम गर्भाधान सुरु

पशुहरूमा कृत्रिम गर्भाधान सुरु


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले यस वर्षदेखि गाउँपालिकाभित्रका गाईभैँसीलाई कृत्रिम गर्भाधान गर्न सुरु गरेको छ । गाउँपालिकाले पशुको नश्ल सुधार गरेर मासु तथा दुध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलो पटक कृत्रिम गर्भाधानको सुरुवात गरेको बैतेश्वर गाउँपालिका भेटेनरी शाखाका प्रमुख शान्तिप्रसाद दाहालले जानकारी दिए ।

पशुहरूको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन गाउँपालिकाको अनुदान सहयोगमा कृत्रिम गर्भाधान विधिबाट गाईभैँसी र बाख्रामा कृत्रिम गर्भाधान गर्न सुरु गरिएको प्रमुख दाहालले बताए । गत आइतबारदेखि गाउँपालिकाको पशुसेवा कार्यालय मैनापोखरीबाट निःशुल्क कृत्रिम गर्भाधान गर्न सुरु गरिएको हो । हालसम्म तीनवटा भैँसी र चारवटा गाईमा कृत्रिम गर्भाधान गरिएको उनले बताए ।

चालू वर्षमा गाउँपालिकाले कृत्रिम गर्भाधान विधि सञ्चालन गर्न दुई लाख अनुदान दिएकाले एआई सञ्चालन गरिएको हो । तरल नाइट्रोजन १९६ डिग्रीसेलसियसको चिसो पनमा राँगा, बोका र साँढेको बीउलाई लामो समयसम्म सुरक्षित राख्ने हुँदा गाईभैँसी र बाख्रामा कृत्रिम गर्भाधान दिँदा उत्पादन वृद्धि र विकास हुने भएकाले गाउँपालिकाले एआई सञ्चालन गरेको हो ।

गाउँपालिकाले कृत्रिम गर्भाधानका लागि पशु सेवा कार्यालयमा पशुहरू लिएर आउने किसानका गाईभैँसीलाई शुल्कविना नै एआई गरिदिने गरेको छ भने किसानकै गोठमा पुगेर कृत्रिम गर्भाधान (एआई) गर्दा प्राविधिकले पेट्रोल शुल्क मात्र लिनेगरेको गाउँपालिकाले जनाएको छ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया