Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिपाँच तारा सहकारीले १५ प्रतिशत लाभांश दिने

पाँच तारा सहकारीले १५ प्रतिशत लाभांश दिने


काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सेयरधनी सदस्यहरूलाई १५ प्रतिशत लाभांश दिनेभएको छ । संस्थाको १४औँ वार्षिक साधारणसभाले सदस्यहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक विवरण प्रस्तुत गर्दै संस्थाको सेयर पुँजी छ करोड ६७ लाख, बचत संकलन ४८ करोड सात लाख र ऋण लगानी ५३ करोड ५६ लाख पुगेको जानकारी दिए । संस्थाले त्यस अवधिमा दुई करोड ५५ लाख ४१ हजार खुद मुनाफा गरेको छ । त्यसैगरी संस्थाले सदस्यहरूबाट संस्थागत विकास कोषबापत लिएको रकममध्ये यो वर्ष १० प्रतिशत र आगामी वर्ष १० प्रतिशत गरी २० प्रतिशत फिर्ता गर्ने भएको छ ।

संस्थाले महिला उद्यमशीलता विकास गर्न संस्थाले १० प्रतिशतकै हाराहारीमा ऋण दिँदै आएको छ । प्रतिसदस्य एक हजार सेयरपुँजीबाट सुरु भएको संस्थाको गत असार मसान्तमा सेयरपुँजी छ करोड ६७ लाख ३३ हजार र सबै कोषहरूमा गरी संस्थागत पुँजी आठ करोड ९१ लाख ९० हजार पुगेको कोषाध्यक्ष विमलीले बताए । संस्थाका अध्यक्ष भोलानाथ पाठकले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

कोभिड १९ का कारण एकै पटक सबै सदस्यहरू भेला भएर साधारणसभा गर्न असम्भव भएकाले सदस्यहरूको घर–घरमा वार्षिक प्रतिवेदन पु-याई उनीहरूबाट आएको सल्लाहसुझावका आधारमा साधारणसभा सम्पन्न गरिएको उनले बताए ।

सभामा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक सुशील प्रसाईंले प्रतिवेदन पेस गर्दै जोखिम विश्लेषण गरी नाफा बाँडफाँडको व्यवस्था मिलाउन र आन्तरिक लेखापरीक्षण विभाग स्थापना गरी सदस्यको हितमा हुनेगरी कार्यान्वय गर्दै जान सुझाव दिए । यस्तै संस्थाले ७५ वर्षमाथिका सदस्यहरूलाई चाडपर्व खर्चबापत जनही दुई हजारका दरले रकम प्रदान गरेको छ । सभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सातै प्रदेशमध्ये बागमती प्रदेशका धेरै सहकारीहरूमा समस्या देखिएकाले त्यसलाई समाधान गरी सुशासनमा ल्याउनु अहिलेको आवश्यकता रहेको बताए ।

यस्तै संस्थाले सदस्यहरूमा व्यावसायिकता, उद्यमशीलता, नेतृत्व विकास र स्तरोन्नतिमा खेलेको भूमिकाले नै संस्थाको क्रियाशीलता देखिने उनले बताए । त्यसैगरी कास्कुनका अध्यक्ष दिपक पनेरुले पछिल्लो समयमा विशेषतः बचत ऋण सहकारीमा समस्या बढेको बताए । सहकारीको मूल्य मान्यता र सिद्धान्तअनुरूप नचल्ने एवं सहकारीको बोर्ड झुण्ड्याउने तर काम र व्यवहार भने फरक गर्ने संस्थाहरूका कारण सहकारीको छवि धुमिलिएको उनको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया