Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिबीको मागमा कमी

किबीको मागमा कमी


दोलखा । हिमाली जिल्ला दोलखाका विभिन्न भेगमा लगाइएको किबी टिप्ने सिजन सुरु भएको छ । यहाँका दर्जनौँ किसानले व्यावसायिक रूपमा किबीको खेती गर्दै आएका छन् । गत वर्षको तुलनामा यो वर्ष किबीको माग कम रहेको जिल्लाका किसान तथा व्यापारीहरूले बताएका छन् । गत वर्ष पनि कोरोना भाइरसको कारण किबी सस्तोमा किनबेच भएको चरीकोटका स्थानीय फलफूल व्यापारी अर्जुन राउतले बताए । किबीको सिजन भर्खरै सुरु भएकाले पनि कात्तिक महिनामा माग कम रहेको उनको भनाइ छ ।

गत वर्ष पनि बजारका व्यापारीले ४० रूपैयाँ सस्तोमा किबी बिक्री गरेका थिए । जिल्लाको भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकामा अन्य ठाउँको तुलनामा धेरै किबी खेतीहुने गरेको छ । गतवर्ष कोरोनाले कम मूल्यमा किबी बिक्री गरेका किसानहरू यो वर्ष भने मूल्य वृद्धि हुने आशामा रहेका छन् ।

गत वर्ष कोरोना भाइरसका कारण बाहिरी पर्यटकको दोलखामा आगमन हुन नसक्दा किबीको व्यापार नभएको दोलखाको शैलुङ गाउँपालिका –८ मा किसान माधव खत्रीले बताए । उनको बारीमा यो वर्ष करिब एक हजार पाँच सय केजी किबी फलेको छ । दोलखामा किबी खेती चारैतिर गरिन थालेपछि उत्पादन वृद्धि हुँदै गएको र बजार सानो भएकाले जिल्लामा किबीको माग कम हुनु स्वाभाविक भएको खत्री बताउँछन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया